जोशीको अध्यक्षता ब्याटमिन्टन संघ गठन « प्रशासन
prasaLogo
२० चैत्र २०७३, आईतवार

जोशीको अध्यक्षता ब्याटमिन्टन संघ गठन


प्रकाशित मिति : 2 April, 2017 10:50 am

धनगढी । ब्याटमिन्टन संघ कैलालीले आफ्नो साधारसभाबाट नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ । साधारण सभाले नवराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा रामसिंह चौधरी र उपेन्द्र श्रेष्ठ, सचिवमा मेगराज कडायत, कोषाध्यक्षमा मेम्बर सिंह चयन भएका छन् । त्यस्तै, सदस्यमा पशुपति पनेरु, दुर्गा शर्मा, टेक बहादुर घर्ती, सञ्जिव खड्का चयन भएका छन् ।

ब्यडमिन्टन संघ कैलालीका अध्यक्ष महेश शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल संघका केन्द्रिय उपाध्यक्ष गोविन्द स्वाँर प्रमुख अतिथी रहेका थिए । साधारण सभामा संघका सचिव मेगराज कडायतले संस्थाको बार्षिक प्रतिवेदन पेश गर्नुका साथै संघको बार्षिक आयब्यय प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस