‘जस्तोसुकै परिस्थितिमा नेपाल शान्ति स्थापनाका लागि तयार’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘जस्तोसुकै परिस्थितिमा नेपाल शान्ति स्थापनाका लागि तयार’


१८ चैत्र २०७३, शुक्रबार


काठमाडौँ । रक्षामन्त्री बालकृष्ण खाणले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा नेपाली सेना र अमेरिकी सेनाको सहआयोजनामा सञ्चालन भइरहेको अभ्यास शान्ति प्रयासअन्तर्गत नेपाली सेनाले आयोजना गरेकोे ‘शान्ति स्थापनामा क्षमता विकास र कार्यसम्पादन सुधार’ को आज शुभारम्भ गरेका छन् ।

सो अवसरमा मन्त्री खाँणले विश्व शान्ति स्थापनामा नेपाली शान्ति सैनिकले देखाएको उच्चस्तरको पेसागत दक्षता, कार्यकुशलता र अनुशासनले संयुक्त राष्ट्र सङ्घमा नेपालप्रतिको विश्वसनीयता बढ्दै गएको बताउँदै राष्ट्र सङ्घबाट अनुरोध भएमा जस्तोसुकै परिस्थितिमा पनि नेपाल शान्ति स्थापनाका लागि तयार रहेको प्रस्ट पार्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त समारोहमा प्रधान सेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव श्रीधर सापकोटा, परराष्ट्र सचिव शंकरदास बैरागी, लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस