Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बेलायतद्वारा युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया सुरु


१७ चैत्र २०७३, बिहिबार


लन्डन । बेलायतले युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया (ब्रेक्जिट) बुधबार सुरु गरेको छ । पुरानै अवस्थामा नरहने र ऐतिहासिक मोडतर्फ मुलुकलाई लैजान चाहेकाले सङ्घबाट बाहिरिने प्रक्रिया सुरु गरेको बेलायतले जनाएको छ ।

सङ्घको ६०औँ वार्षिकोत्सव मनाएको केही दिनपछि बेलायत सङ्घबाट बाहिरिने पहिलो देश बनेको हो । “यो एउटा ऐतिहासिक क्षण हो, जहाँबाट हामी पछाडि फर्कन चाहन्नौँ,” बेलायतका प्रधानमन्त्री थेरेसा मेले संसद्मा सांसदहरुलाई भने ।

बेलायतका जनताले सङ्घबाट बाहिरिने पक्षमा मतदान गरेको केही महिनापछि प्रधानमन्त्री मेले आगामी दुई वर्षमा बेलायत बाहिरिने गरी प्रक्रिया सुरु गरेका हुन् ।

ब्रसेल्समा रहेका ब्रिटिस राजदूत सर टिम ब्यारोले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउने पत्र दिए ।

पत्र पाएपछि अध्यक्ष टुस्कले आफूहरुले बेलायतलाई गुमाउनु पर्दा दुःख लागेको बताउँदै यस बारेमा चाँडै छलफल सुरु गर्ने जानकारी दिएका छन् ।

सम्बन्ध विच्छेद बारेको सहमति र भविष्यमा ब्रिटेन र इयुको सम्बन्धका बारेमा छलफल हुने भएको हो ।

गत जुनमा भएको जनमत सङ्ग्रहमा ब्रेक्जिट पक्षधर विजयी भएपछि सङ्घसँग बेलायतको लामो सम्बन्ध तोडिने निश्चित भएको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस