मोरङ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने– “मधेसी मोर्चासँग छलफल भइरहेको छ, छिट्टै नै सबै कुरा मिल्छ र चुनाव पनि हुन्छ ।”
मोरङको अमाही बेलमा भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका वासुदेव साहका परिवारलाई राहत दिन उपप्रधान एवम् गृहमन्त्री निधी विराटनगर आइपुगेका हुन् । रासस