Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

युवा पुस्ताले नअंगाल्दा देउडा संकटमा


१३ चैत्र २०७३, आइतबार


धनगढी । चाड पर्ब, बिबाह, पुजापाठ र अन्य खुसीयालीको बेला एकआपसमा सुख, दुःख बाँड्ने माध्यमका रुपमा रहेको देउडा खेल हराउदै जाँदा त्यसको असर देउडीयाहरुमा पनि परेको छ । देउडा खेललाई सुदूरपश्चिमको धरोहर भनिएपनि युवा पुस्ताले नअंगाल्दा ओझेलमा पर्ने खतरा बढेको हो ।

सुदूर तथा मध्यपश्चिमका जिल्लाहरुमा बिबाह, पुजापाठ लगायतका विभिन्न कार्यमा देउडा खेल्ने परम्परा भएपनि केहीबर्ष यता परम्परा हराउदै जाँदा धेरै देउडीयाहरु आफ्नो कला प्रदर्शनका लागि मञ्च रहेका छन् । अहिले सुदूर तथा मध्य पश्चिममा आयोजना हुने मेला, महोत्सव तथा विभिन्न सार्बजनिक कार्यक्रममा पनि देउडालाई त्यति स्थान नदिने गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलालीका अध्यक्ष, देउडीया दबबहादुर बोगटीले बताए । देउडाले स्थान पाउनुको सट्टा र्याप, पप गीतले प्राथमिकता पाउन थालेपछि देउडा र देउडीयाहरु ओझेलमा परेका हुन् ।

ठाडी भाका, धमारी, होरी, न्याउले, रतेउली, हुड्क्यौली, भुवो, पुत्ला, लगायतका नामबाट परिचित देउडा सँस्कृती विभिन्न शैली र परम्परा अनुसार खेलीने भएपनि अहिले कहिलेकाही मात्र गाउने र खेल्ने गरीएको पाईन्छ । खासगरी देउडीयाहरुले आफ्नै क्षेत्रमा समेत देउडा खेल्न मञ्च नपाउदा समस्या देखिएको हो । सुदूरपश्चिमको लोकसंस्कृति नै देउडामा आधारित भएपनि त्यसको सम्वद्र्धन र संरक्षणका लागी भने यसै क्षेत्रबाट चुक भईरहेको आरोप देउडीयाहरुको छ । त्यसैले युवाहरुमा पनि स्थानान्तरण हुन नसकेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रदेश नं। ७ का संयोजक, डेउडा गाएक सुरत रावत ‘डोटेली कान्छा’ले बताए ।

एकातिर यहाँका मेला—पात, चाँडपर्व लगायतका शुभ कार्यमा परम्परागत देउडा संस्कृतिमा रमाउनेहरु परम्परा घटिरहेका बेला यस क्षेत्रको कला संस्कृतिलाई जगेर्ना गर्ने नारा सहित आयोजना हुने महोत्सवमा पनि देउडीयाले स्थान पाउन नसक्दा पुस्तौंदेखि चल्दै आएको लोक संस्कृति, भावी पुस्तामा हस्तान्तरण नहुने चिन्ता रावतले बताए ।

प्रतिक्रिया दिनुहोस