Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संविधान संशोधनपछि मात्र निर्वाचनः भट्टराई


प्रशासन संवाददाता

१३ चैत्र २०७३, आइतबार


बाँके । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराइले तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपूर्व संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

नयाँ शक्ति पार्टीले बाँकेको कोहलपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै संयोजक डा भट्टराईले सरकारले गर्न लागेको स्थानीय, सङ्घीय र केन्द्रीय तहको निर्वाचनपूर्व थारु, आदिवासी, जनजाति, मधेसलगायतका माग समेट्ने गरी संविधान संशोधन आवश्यक रहेको बताए ।

उनले भन, “संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सम्पन्न गरेर मात्रै हुन्न, त्यसका लागि सङ्घीय र केन्द्रीय निर्वाचन पनि सम्पन्न गर्नुपर्छ त्यसैले संविधान संशोधन अति अपरिहार्य छ ।”

सरकारमा रहेका दलले जनतालाई झुक्याइरहेको बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराइले संविधानमा रहेको व्यवस्था जातीय, क्षेत्रका लागि स्वायत्त क्षेत्र र विशेष क्षेत्रको व्यवस्था हुनुपर्ने भए पनि त्यसको कार्यान्वयन नगरी निर्वाचन गर्न लागेकाले त्यसतर्फ सचेत हुन नागरिकलाई आग्रह गरे ।

अहिले सरकारमा रहेका दलले सत्ताको आडमा निर्वाचन गर्न खोजिरहेको उनको आरोप थियो । रासस

प्रतिक्रिया दिनुहोस