Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चीनको आर्थिक विकासबाट नेपालले पनि सम्वृद्धिको ढोका खोल्न सक्छः प्रधानमन्त्री


प्रशासन संवाददाता

१२ चैत्र २०७३, शनिबार


बेइजिङ्, चीन । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको आर्थिक विकासबाट नेपालले पनि समृद्धिको ढोका खोल्नसक्ने बताएका छन् ।
चीन भ्रमणको अवसरमा शनिवार साँझ बेइजिङ्स्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले नेपालले चीनको तीव्र आर्थिक विकासबाट फाइदा लिन सक्नुपर्ने बताउँदै वान वेल्ट वान रोड परियोजनामा नेपालको साझेदारीको प्रतिवद्धता व्यक्त गरे ।
प्रधानमन्त्रीले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह पनि गरे । उनले आफ्नो चीन भ्रमण दुई देशबीच सद्भावना बृद्धि गर्न महत्वपूर्ण रहने बताउँदै भ्रमण सफलताको शुभकामना दिने सबैमा आभार व्यक्त गरे । यसअघि शनिवार साझ बेइजिङको अन्तराष्टिय विमानस्थलमा प्रधानमन्त्रीलाई चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीहरुले स्वागत गरेका थिए ।
आइतबार प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका नेताहरु एवम् उपप्रधानमन्त्रीसँग भेटवार्ता गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । ।
सोमवार चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटने कार्यक्रम छ ।
सोमवार प्रधानमन्त्री चेन्दु र मंगलवार ल्हासाका विभिन्न कार्यक्रममा सहभागी भई चैत्र १६ गते प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, चीनका लागि राजदूत लिलामणि पौडेल, परराष्ट्रसचिव शङ्करदास बैरागीलगायतका अधिकारीहरु संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस