पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी « प्रशासन
prasaLogo
१२ चैत्र २०७३, शनिबार

पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी


प्रकाशित मिति : 25 March, 2017 6:50 pm

नयाँदिल्ली(एजेन्सी) । भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने चेतावनी दिएको छ ।

आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ ।

“भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ,” गृह मन्त्री राजनाथ सिंहले भने ।

उनले पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस