आइओएफटीसीको १२ औं संस्करण पूर्वाञ्चलमा « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

आइओएफटीसीको १२ औं संस्करण पूर्वाञ्चलमा


१२ चैत्र २०७३, शनिबार


इटहरी । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १२ औं संस्करण पूर्वाञ्चलको इटहरीमा हुने भएको छ । आइओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गर्दै १२ औं संस्करणमा पूर्वाञ्चलको इटहरीमा सन् २०१८ मा गर्ने घोषणा गरेका गरे ।

पुर्वमा पहिलो पटक आइओएफटीसी हुन लागेको हो । यसअघि काठमाडौंमा २ पटक र पोखरामा एक पटक च्याम्पियनसिप भइसकेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले इटहरीलाई खेलकुद नगरीका रुपमा विकास गर्ने उद्देश्य रहेकाले आइओएफटीसी इटहरीमा गराउन आफूले पहल गरेको बताए ।
‘इटहरीलाई खेलकुद नगरीका रुपमा विकास गर्ने लक्ष्य अनुसार यहाँ तेक्वान्दो कर्भडहल, ब्याडमिन्टनको कर्भडहललायतका पूर्वाधार निर्माण भइरहेका छन् । बिष्टले अस्ट्रेलियामा गर्ने तयारीमा रहेको च्याम्पियनसिपलाई नेपालमा गर्नका लागि आफूले आग्रह गरेको बताए ।

अमेरिकाको पोर्टल्यान्डमा सन् २०१६ को १४ र १५ अक्टोबरमा भएको ११ औं संस्करणमा सहभागी भएर फर्के पछि आफू सो प्रीतयोगिताप्रति उत्साहित भएको बताउँदै सदस्यसचिव विष्टले सो प्रतियोगिता भव्य बनाउनका लागि राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रत्येक दुई वर्षको अन्तरमा हुने च्याम्पियनसिप नेपाललगायत दक्षिण एसियाबाट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको सहभागीता रहने छ भने अमेरिका, क्यानडा, इग्ल्यान्ड, मेक्सिको, मकाउ, हङकङ, जापान, कोरिया, ग्वाटेमालालगायत देशहरुबाट करिब ५ सय खेलाडीहरुको सहभागीता रहने प्रतियोगिता निर्देशक महर्जनले बताए ।

अहिलेसम्म आइओएफटीसीमा नेपाल र अमेरिका चार÷चार पटक टिम च्याम्पियन भएका छन् । युके २ पटक र हङकङ १ पटक च्याम्पियन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस