२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा योग किन ?

अ+ अ-

मनुष्य जीव परमात्माको अमूल्य उपहार हो । यसको उचित सदुपयोगबाट मात्र मानिस सदा सुखी आनन्दित तथा शान्त भएर जीवन ज्युन सक्दछ । तर उचित शिक्षा (योग तथा अध्यात्म र नैतिक शिक्षा) र वातावरण उपयुक्त हुन नसक्दा प्रायजसो मानिसको जीवन रोग र शोकमा डुवेर खेर गइरहेको छ ।

मन र संस्कार कसरी बन्छ ?
जन्मनु अगाडि पूर्वजन्मको संस्कार र गर्भावस्थामा आमाको सोच र आहार अनुसार तथा जन्मिसके पश्चात एउटा बालकको नजिक आमा, शिक्षक, परिवार, समाजबाट जे जस्तो शिक्षा धारण गर्न अवसर मिल्दछ ती नै खुराकहरुबाट मन र संस्कार बन्दछ । जस्तो आहार जसरी लिन्छौं, जुन वाणी हामी बोल्दछौँ, सोच्दछौं र मनमा अनुभव गर्दछौं त्यस्तो प्रभाव हाम्रो अन्तस्करणमा गएर जम्मा हुन्छ र अनि हाम्रो मन, स्वभाव र चरित्र सोही अनुरूप निर्माण हुँदै जान्छ ।

त्यसर्थ असल वा खराव नागरिक तयार गर्नमा एउटी आमा तथा शिक्षकहरुको ज्ञान तथा आचरणको महत्वपूर्ण भुमिका महत्वपूर्ण रहन्छ ।

केही तथ्यहरु

  • वाल्य अवस्थामा जस्तो ज्ञान तथा संस्कार हासिल गर्दछ, त्यो छाप अन्तिम अवस्थासम्म पनि मनमा गढेर रहन्छ र पछिसम्म पनि सोही अनुसारको संस्कार र कर्म गर्दछ ।
  • एउटी महिला (आमा), शिक्षक ज्ञानी, योगी, संस्कारित र शिक्षित भइन् भने शिशुलाई नौ महिनासम्म गर्भमा रहँदा तथा जन्म पश्चात पनि केही वर्षसम्म आमाकै काखमा राखेर संस्कार प्रदान गर्दछिन्, कस्तो संस्कार बन्छ भन्ने कुरामा आमाकै शिक्षा, सोच, आहार तथा संस्कार तथा दिइने प्रेम, स्नेह, ममतामा भर पर्दछ ।
  • यदि महिला, आमा, शिक्षक शारीरिक तथा मानसिक रूपमा अस्वस्थ भएको खण्डमा उसले परिवार, वाल वच्चाहरूको राम्रोसँग हेरचाह गर्न र सुसंस्कार पनि दिन सक्दिनन् । यदि महिला योग गरेर शारीरिक तथा मानसिक रूपमा स्वस्थ, ज्ञानी, सुसंस्कारित र शिक्षित भएमा सोही अनुसारको असर पर्दछ ।
  • गुरू भगवानको रूप हो । एउटा असल शिक्षक त्यस्तो व्यक्तित्व हो जसमा एउटा असल व्यक्तिमा हुने गुणहरू विद्यमान हुन्छन्, ऊ विनोदप्रिय र उदार हुन्छ, उसको स्मरणशाक्ति राम्रो हुन्छ । उसमा आफ्नो विषयको राम्रो ज्ञान र उसले आफूसँग भएको ज्ञान अनुसारको आचरण पनि गर्दछ । आफ्ना विद्यार्थीहरूसँग सदासर्वदा स्नेही भाव राख्छ । अनि जस्तो शिक्षक छ, त्यस्तै विद्यार्थीको चरित्र निर्माण हुँदैजान्छ ।

वर्तमानको तितो सत्य के छ ?
आजका विद्यार्थीहरूमा अग्रजहरूको सम्मान गर्ने बानी, संस्कार, सद्गुण, आचरण, देश प्रेम, सेवाको भावना, नैतिकता, इमानदारीमैत्री, सरल जीवन जस्ता दिव्य गुणहरू के कस्तो अवस्थामा छ ? यो सोचनीय विषय वनेको छ । त्यसको मूलकारण हो, आज हामीसँग सदाचार पढाउने तथा आफ्नो आचरणबाट ज्ञान दिने गुरूहरूको खडेरी नै परेको छ भन्दा फरक नपर्ने स्थिति छ । मोन्टेश्वरी, नर्सरी कक्षादेखि नै एउटी नारी शिक्षिका तथा अन्य महत्वपूर्ण भूमिकामा रही ज्ञान प्रदान गर्ने जिम्वेवारीमा सकृय रहने हु“दा उहा“ हरूको नैतिक आचरण र सदाचार जीवन कति महत्वपूर्ण रहन्छ भन्नेकुरा छर्लङ्ग हुन्छ । घरका वाल–वच्चाहरूदेखि वृद्धवृद्धासम्मको पूर्ण जिम्मेवारी निभाउँदै स्कुल तथा अफिस समेत जाने र त्यहाँ पनि वाल–वच्चाहरू तथा साथीहरूलाइ उचित शिक्षा तथा सुसंस्कार दिने जिम्मेवारी प्रायः नारीले नै निर्वाह गर्दछिन् ।

  • खान नजानेर नै रोगी बन्दैः आहार भोक हटाउने साधन मात्र हैन, यो शरीर, स्वास्थ्य, मन, भावना र संस्कार वनाउने कच्चा पदार्थ हो । आयुर्वेदका अनुसार जस्तो आहार लिइयो त्यस्तै मन निर्माण हुन्छ । शुद्ध आहारबाट नै हाम्रो अन्तस्करण शुद्ध हुन मद्दत पुग्दछ । रोग र दुःखको मूलकारण मन हो । मनलाई नैतिक तथा चारित्रिक रूपमा शुद्ध र स्वस्थ बनाउन आहार पक्षको सूक्ष्म र स्थूल दुबै अनुशासनले त्यत्तिकै भूमिका खेलेको हुन्छ । स्थूलरूपमा यसको नियममा आहारको सही मात्रा, खाना खाने समय, आहारमा शुद्धता र प्रेम भावना, खाने तरिका, पकाउने सही विधि, खाद्य पदार्थको गुण आदिलाई अत्यन्तै विचार पुर्याउनु पर्ने हुन्छ । यस्ता नियम र अनुशासन यदि शिक्षक तथा एउटी नारीले जानिन् भने पूरा परिवार नै स्वस्थ वन्नुका साथै सदाचारी वन्नेछ ।

वर्तमान परिस्थिति

  •  योग, आयूर्वेद तथा नैतिक शिक्षाको अभाव खड्किएको ।
  •  प्रदूषित हावा, पानी र विषाक्त आहारा लिन बाध्य अवस्था, टिभी, मोवाइल, ल्यापटप, प्लास्टिकका वर्तनको अत्याधिक प्रयोग ।
  • अज्ञानताको कारण आहार बिहार र आचरण ठिक ढङ्गबाट हुनमा कमी, अवेरसम्म जागा, अनिद्रा, खान नजानेर नै रोगी बन्दै
  • बढ्दो आश्यकता, विलासिता जीवनशैली, खराव र खर्चिलो संस्कारको विकास, वदलिंदो संस्कृति र राम्रो परम्परा लोपको अवस्था, आयातित् संस्कृतिको विकास
  • भागदौडको जिन्दगी, तनावपूर्ण वातावरणमा समय व्यतित , अवेरसम्म जागा, अनिद्रा
  • प्रविधीको विकास र असर
  • कालो वजारी, लुटपाट, डकैती, मुद्धामामिलाको घटनामा वृद्धि नैतिकताको सङ्कट नै हिंसा बढ्नुको मूल कारण

परिणाम

  • सामाजिक सद्भाव, नैतिकहिनता तथा सदाचारमामा कमी तथा हिंसा, भ्रष्टाचार बढ्दै गइरहेको ।
  • प्रत्येक चौथो व्यक्ति प्रेसर, सुगर, हाइपर टेन्सन, कब्जियत, मुटुरोग, पक्षघातलगायतका समस्याबाट ग्रस्त, क्यान्सरलगायत विभिन्न डरलाग्दो रोगहरूको माहामारीको अवस्था ।
  • महङ्गो उपचार पद्धति, सानातिना समास्यामा पनि थुप्रो धनराशी खर्च हुने गरेको, अर्बाैं रूपैयाँ उपचारमा विदेशिंदै ।
  • जीवनभरी दौडधुप गरेर कमाएको सम्पत्ति मध्य उमेरमा नै एकैचोटी आफ्नो पूर्ण धन सम्पति सिध्याएर उपचार गर्न बाध्य तर खर्च गरेर पनि ठिक उपचार पाउन नसकी कष्टकर जीवन बाँचिरहेकोे तथा आत्महत्या गर्नेहरुको सङ्ख्याको वृद्धि ।
  • धनी व्यक्ति आफ्नो सम्पूर्ण धन र समय खर्च गरेर पनि कष्टकर जीवन जीउन बाध्य, गरीब व्यक्ति उपचार नपाइ अकालमा मर्न बाध्य

कारण

  • योग, आयूर्वेद तथा नैतिक शिक्षाको अभाव । यी बिषयहरूको ज्ञान दिन हरेक तहको पाठ्यक्रममा नसमेटिनु
  • ठिक ढङ्गबाट खान र आचरण गर्न नजानेर रोगी बन्दै
  • आफ्नै भान्सा र बगैंचामा पाइने बहुमूल्य जडीबुटीको पहिचान र प्रयोगमा अज्ञानता

योग शिक्षाको विशेषता

  • योग तथा आयुुर्वेद शिक्षाको प्रवद्र्धन गर्दै शरीर र मनलाई सर्बदा स्वस्थ, शान्त, सुदृढ र सक्रिय बनाई राख्नसक्ने एक मात्र साधन (माध्यम) योगाभ्यासवारे सैद्धान्तिक र व्यवहारिक पक्षको जानकारी ।
  • भान्सा र गमलामा पाइने खाद्य वस्तु र जडिबुटीहरूलाई ठिक ढङ्गबाट प्रयोग गर्ने पक्षको जानकारी ।
  • आहार–विहार मानव जीवनका दिनचर्या वारे जानकारी ।
  • शरीरमा रोग प्रवेश गर्नै नदिन र रोग लागिहालेमा पनि योग र आयूर्वेदको माध्यमबाट सरल उपचारवारे जानकारी ।
  • टोल, समाज र बस्ती बस्तीका व्यक्तिहरूलाई योगमार्फत अध्यात्मिक तथा सामाजिक जागरणमा प्रेरणा जगाइ एक आपसमा जोडिन माध्यम बनि आपसी सदभाव अभिबृद्धी र सकारात्मक पथमा हिंड्न प्रेरणा दिने
  • नैतिक तथा आध्यात्मिक ज्ञान र योग अभ्यासको रूपमा विद्यालय पाठ्यक्रममा समावेश गरी पाठ्यक्रम निर्माण गर्ने र पठन पाठन गराउने पद्धतिको विकास गर्न सम्वन्धित्लाई घच्घच्याउने ।
  • शारीरिक र मानसिक पीडा घटाउने तथा सकारात्मक चिन्तनका साथ आध्यात्मिक लक्ष्य प्राप्तिको सर्वोत्तम ज्ञान र जीवनको अमूल्य समयलाई पूरूषार्थ गर्न ज्ञान र प्रेरणा दिने

निष्कर्ष
योगको जागरणको लागि नैतिक तथा आध्यात्मिक ज्ञान र योग अभ्यासको रूपमा विद्यालय, कलेज तथा कर्मचारी तालिमको समेत पाठ्यक्रममा समावेश गरी पाठ्यक्रम निर्माण गर्ने र पठन पाठन गराउने पद्धतिको विकास गर्न जरूरी भएको छ ।

यदि शिक्षक तथा महिला(आमा) शिक्षित, योगी, नैतिकवान, अनुशासित, सूसंस्कारीत र ज्ञानी भएमा पुरै परिवार, समाज र राष्ट्र नै त्यस्तै वन्नलाई पे्ररणा हुन्छ ।

योगको माध्यमद्वारा स्वस्थ, समृद्ध एवं संस्कारवान व्यक्ति, राष्ट्र र विश्वको निर्माण गर्न सकिन्छ । शिक्षक तथा महिलाले योग गर्दा त्यसको प्रभाव पुरै परिवारलाई तथा समाजलाई पर्दछ । तसर्थ योग तथा सत्सङ गर्ने, आहार शुद्धि र आचरण तथा व्यवहार शुद्धिबाट गुरु तथा आमाहरु शिक्षित हुन अति जरूरी छ । घरमा वस्नु भएका दिदी बहिनीहरूलाई योग साधनामा सरिक भइ आफु, घर परिवार, समाज र राष्ट्र निर्माणमा योगदान दिने यस महान् कार्यमा सहभागी भइ महान ज्ञान र अभ्यास प्राप्त गर्न जरूरी छ ।

 

लेखकबाट थप,

सेना र योग

क्यान्सर आजको प्रमुख समस्या र रोकथामका उपायहरु

उचित आहारविहार स्वस्थ शरीरको आधार

संस्कृति र संस्कारलाई बिर्सेका कारण आज हामी डिप्रेसनको सिकार भइरहेका छौं

मांसाहार भोजन कति उपयुक्त ?

प्रतिक्रिया दिनुहोस