१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेना र योग

अ+ अ-

सेना के हो ?
सेना एक राष्ट्रको मूल शक्ति हो, जसले राष्ट्रको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै संकटमा राष्ट्रलाई हरेक तरहवाट सुरक्षा प्रदान गर्दछ । यो सस्था सवै क्षेत्रको विकाश र उन्न्तिको आधार पनि हो ।

कस्तो हुनुपर्छ ?
आफ्नो लागि भन्दा राष्ट्रको लागि हरदम समर्पित र कर्तव्य परायण भई संगठित रुपमा यस संस्थाले कठीन भन्दा कठीन काम गर्नु तयार रहनुपर्ने भएकाले यस्मा काम गर्ने जन शक्ति हरदम शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त र स्वस्थ हुन नितान्त आवश्यक पर्दछ । स्वस्थ जनशक्तिवाट नै कठीन भन्दा कठीन अवश्थामा आफुलाई सम्हालेर राष्ट्र र अरुको लागि काम गर्न सक्दछ ।


जसरी विषयूक्त आहारले हाम्रो शरीरमा धेरै किसिमका विकार उत्पन्न गर्छ, त्यसरी नै विकारयूक्त विचार हाम्रो मस्तिष्कमा प्रविष्ट भएर भयङ्कर तनाव, दुःख, अशान्ति र असाध्य रोग उत्पन्न हुन्छन् । अतः यदि तपाइ राम्रो व्यक्तित्व पाउन चाहनुहुन्छ भने आहार एवं विचारहरूप्रति प्रतिपल सजग रहनु पर्दछ । यसरी ज्ञान प्राप्तभइ मानसिक र शारीरिक रुपमा स्वस्थ जनशक्ति नैतिकवान र कर्तव्य परायण भइ राष्ट्र सेवामा लाग्नेछन् । तसर्थ सेना लगायत अन्य सवै जन समुदायलाई योग शिक्षा अपरिहार्य वनेको छ ।


त्यसैले सेनाको तालिम र आहारलाई सोही अनुसार वैज्ञानिक तवरले आयुर्वेद र योगमा आधारीत भई व्यवस्थित गरिएको हुन्छ । सङ्गठन भित्र सोही अनुसारको अध्यात्मिक र मनोरन्जनात्मक वातावरण मिलाइएको हुन्छ जस्ले सङ्गठनका प्रत्यक सदस्यहरुलाई पारिवारिक वातावरणमा रहन पाई भावनात्मक र मानसिक रुपमा समेत सन्तुलित रहन मद्धत पुग्दछ ।

समस्या
समयको परिवर्तनसंगै विभिन्न कारणले आयुर्वेद र योगमा आधारीत भइ गरिएका कतिपय सेनाका तलिम तथा आहार व्यवस्थामा परिवर्तन भइदिंदा केहि शारीरिक तथा मानसिक समस्या देखिन थालेको पाइन्छ ।

आजभोलि हाम्रो आहार तथा आचरण शुद्धि हुन नसक्दा, रहन सहन, खानपिन, शिक्षा दीक्षा र वातावरणको प्रदुषणबाट शरीर र मन मष्तिस्कमा थुप्रिदै गएका विकार (विजातीय तत्व) हरूका कारण कब्जियत तथा अपच हुने तथा प्रदूषित वातावरणको कारण शरिरमा विकारहरु पैदा हुने तथा भावनात्मक र नैतिक संकट देखापर्न सक्दछ ।

विकारहरुका कारण हाम्रा नश (नाडीहरु जाम हुन गई पिडा हुने तथा शरिरका सबै अंगहरुमा पोषण नपुग्न सक्दछ र अंगहरु कमजोर हुन गई ठिक ढंगबाट काम नगर्न सक्छ । पोषण राम्रोसंग नपुगेकै कारण मोटोपन वा दुव्लोपन बढ्छ । मुटु, फियो तथा मृर्गौला जस्ता अंगहरुमा समस्या आउन गई विरामी पर्न सक्छौं । व्यक्ति रिसाहा स्वभावको हुनुको साथै उसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन गई व्यक्ति विमारी पर्न सक्दछ ।

अर्कोतर्फ योगमा आधारित शारीरिक तालिममा पनि वदलाव हुंदैगएको कारण सेवामा छ“दा वा अवकाश पश्चात मानसिक तथा शारीरिक समस्याहरु जस्तै गर्दन, काँध , ढाड, कम्मर ,घुंडा जस्ता अङ्गहरुको दुखाईको समश्या वढेको पाइन्छ । जस्ले गर्दा धेरै जनशक्ति उपचारको लगि हस्पिटल धाउनपर्ने अवस्था छ ।

योग के हो ?
योग जीवन जिउने कला हो । सही योग गर्ने व्यक्तिले नै गृहस्थ जीवन सहि ढंगबाट जिउन सिक्दछ । बर्तमान सामाजिक परिवेशमा योग तथा आयुर्वेद यस्तो शिक्षा बन्न सक्छ जस्ले शहरको ब्यस्त जीवनमा पनि हामी सामाजिक प्राणीलाई एक आपसमा जोडिन र जीवनमा आरोग्यता तथा उमंग भर्न मद्दत मिल्दछ । योगबाट शारिरीक तथा मानसिक विकार हट्दै गई तेज तथा ओज भरीदै जान्छ । यसबाट हामीलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न सक्दछ तथा ब्यक्ति ब्यक्तिलाई सकारात्मक पथमा डो¥याउन सक्दछ । बिना विचलित भइ समभावले जीवन निरन्तर अगाडि बढिरहनु, एक दिन सफलता अवश्य मिल्ने छ । यही योगको परम सन्देश हो ।

योग सर्वश्रेष्ठ ब्यायाम पद्धति हो, तर शारीरिक ब्यायाम मात्र होइन, यो एक चेतना विज्ञान पनि हो । मानसिक रूपमा चित्तका वृत्तिहरूको नियन्त्रण गरी शान्ति र एकाग्रताका साथ आध्यात्मिक जागृतिको मार्ग पनि हो । योग एउटा वैज्ञानिक र प्रयोगात्मक साधना पद्धति हो । अर्थात् आध्यात्मिक साधना पद्धति हो योग, आत्मा र परमात्माको मिलन गराउने विधि पनि हो र लक्ष्य पनि होे । सबै दर्शनहरूको व्यवहारिक प्रयोगशाला र जीवन ज्युने कला हो । पूर्विय समाजको अनमोल निधि हो योग ।

योग अनेक प्रकारका शारीरिक रोगहरू तथा मानसिक रोगको उपचार आफै गर्ने, मनलाई शान्त र सकारात्मक बनाउन तालिम दिने बिधि र प्रक्रिया अर्थात् मनलाई आफ्नो मित्र बनाउने बिज्ञान हो ।


प्राणायाम एवं ध्यानबाट जब व्यक्तिको मन शान्त हुने छ तब समाज, राष्ट्र र विश्वमा व्याप्त भय, भ्रम, हिंसा, अपराध र भ्रष्टाचार पनि मेटिने छ र उपासनाको वृत्तिबाट वासनाको प्रवृत्तिमा पनि नियन्त्रण आउने छ ।


महर्षि व्यासले योगको अर्थ समाधि भन्नुहुन्छ । योग दर्शनका उपदेष्टा महर्षि पतञ्जलिले योग शब्दको अर्थ “चित्तवृत्तिको निरोध” भनेर गर्नु भएको छ । जब लक्ष्यप्रति दृढ भएर एकचित्त लागिरहन्छ, तबमात्र एकाग्रता वा सफलता सम्भव छ । योगश्चित्तवृत्तिः नरोध अर्थात् विचाररूपि तरङ्ग एवं चित्तमा स्थित रागादियुक्त वासनाहरू जब निरोध हुन्छन्, त्यो अवस्थालाई नै योग भनिन्छ ।

योग आत्मदर्शन, आत्मसाक्षात्कार वा आत्मबोधको दर्शन हो । योग जीवन–दर्शन हो । योग जीवन–प्रबन्धन हो । योग अनुशासन हो । योग मात्र शारीरिक ब्यायाम होइन , बरू सम्पूर्ण जीवन शैली हो । योग चित्तलाई निर्मल र निर्जीब गर्ने आध्यात्मिक विद्या हो । योग एउटा सम्पूर्ण चिकित्सविज्ञान हो । योग व्यक्ति , समाज र विश्वको सम्पूर्ण समस्याहरूको अमोघ समाधान हो ।

योग प्रतिको केहि गलत सोच
कतिपय नकारात्मक सोचाइ राख्ने अल्छी र स्वार्थी मानिसहरूले योगको गहन अध्ययन र अभ्यास नगरी यसको अपव्याख्या गर्ने गरेको पाइन्छ भने केहिले आसनलाई मात्र योगको रूपमा सिकाउने गरेको पनि पाइन्छ । यसको मौलिक स्वरूप तथा विधि र नियम नबुझी अभ्यास गर्दा बान्छित फाइदा नपाइने र जथाभावी अभ्यास गर्दा हानि पनि हुने संभावना रहेकोले योग विज्ञानको बदनाम गर्ने गरेको पनि पाइन्छ । सही तरिका र उचित मात्रामा आसन र प्राणायामको मात्र अभ्यास गर्दा पनि अरू ब्यायामको तुलनामा यसबाट धेरै फाइदा हुनसक्छ । यसकारण योगाभ्यासीले अष्टाङ्गयोगको सम्पूर्णता (उद्देश्य, विधि र प्रविधि आदि) लाई बुझेर श्रद्धापूर्वक अभ्यास गर्दा मात्र बाञ्छित फाइदा प्राप्त हुन सक्ने देखिन्छ ।

के गर्छ योगले ?
योगासन, प्राणायाम र ध्यानको नियमित अभ्यासबाट शारिर भित्रको विष र विजातिय पदार्थ बाहिर निष्काशन गर्न वा हटाउन सकिन्छ ।

अमृत, प्राण वायु अंग प्रत्यागंमा पु¥याउंदछ, जसबाट शरिरको शुद्धिपन बढ्दै जान्छ भने चैतन्य, ओज र तेज बढ्दै जान्छ, प्रत्येक अंग प्रत्यागं स्वस्थ र सवल हुन्छन् तथा हामीलाई रोग मुक्त बनाउदछ ।

हामी भित्रबाट नै उचित मात्रामा हार्माेन्सको स्राव हुन थाल्दछ । हाम्रो आन्तरिक रासायनिक प्रक्रिया संतुलित हुन जान्छ । शरीरको एनाबोलिज्म (Anabolism) क्याटाबोलिज्म (Catabolism) मेटाबोलिक रेट (Metabolic Rate)अर्थात वात, पित्त, कफ सम अवस्थामा आउंदछन् । सुप्त (Dead) तन्तुहरुको पुनर्जागरण हुन्छ । नयां तन्तुहरु, कोशिकाहरु (Cells) को निर्माण हुन्छ । योगको सुक्ष्म क्रियाहरुद्वारा स्नायु तन्त्रलाई चुस्त बनाईन्छ ।

योगले हाम्रो तन–मनलाई शान्त एवं स्वस्थ राख्न मद्दत गर्छ । शरीरलाई दीर्घायु र स्वस्थ राख्छ ।
योगले मानसिक तनाव कम गर्छ, रक्तचाप, मधुमेहजस्ता रोग नियन्त्रण गर्छ । योगले शरीरको सम्पूर्ण मांसपेशीको व्यायाम हुन्छ । योगमा स्ट्रेचिङ र श्वासको माध्यमबाट शरीरको विशाक्त पदार्थ बाहिर निकाल्न सकिन्छ ।

शरीरमा पोषक तत्व पु¥याउन र टक्सिन हटाउन पनि योग फाइदाजनक हुन्छ । शरीरमा रक्तसञ्चार सुचारु हुन्छ । जोर्नि, हड्डी तथा मांसपेशीलाई लचिलो एवं मजबतु बनाउन उपयोगी हुन्छ ।

यागेले मस्तिष्कलाई शान्त तुल्याउछँ । मस्तिष्क शान्त भएको अवस्थामा एकागत्रा बढ्छ । यसले कार्यक्षमता पनि बढाउँछ ।


संसारमा सम्पूर्ण प्राणीहरूमध्ये मानव मन अद्भूत छ । उसभित्र असीमित ऊर्जा लुकेको छ । यम, नियम आदि, अष्टाङ्ग योग, मुद्रा एवं विभिन्न यौगिक क्रियाद्धारा उक्त शक्तिलाई जागृत गर्न सकिन्छ ।


योगद्वारा हाम्रो समग्र व्यक्तित्व निखारिन्छ । योगले साधकलाई सम्पूर्ण व्याधिबाट मुक्त गराउँदै समाधिको उच्चतम शिखरसम्म पु¥याउँदछ

वर्तमान अवस्था
योग शिक्षाको अभावका कारणले गर्दा मानिसहरुको आहार विहार र आचरण ठिक ढंगबाट हुन सकिरहेको पाईदैन । व्यक्ति आफ्नो शरीरप्रति जति बेवास्ता गर्छ, सायद त्यति वेवास्ता अरू कुनै वस्तुसंग गर्दैन होला ।

प्रदुषित बातावरण, प्रदूषित हावा, मिलावटी विषाक्त अखाद्य खानाहरु उपभोग गर्नु पर्ने बाध्यात्मक परिस्थिती, कम शारीरिक श्रम गर्ने अनि जिव्रोको स्वादको लागि पोषणयुक्त भन्दा पनि जंक फुड खाने संस्कृति र आफ्नो क्षमता तथा भोग भन्दा अधिक खाने बानिले मानिसहरुमा मोटोपन, कब्जियत, ग्याष्ट्रिक, मृगौला तथा मुटु रोग, क्यान्सर जन्य बिमारीहरुबाट पिडित बनिरहेछन् । हार्ट अट्याक, मृर्गौला फेल हुने तथा विभिन्न अंगहरुमा क्यान्सरका विमारीहरुको संख्या दिनानुदिन बढ्दै गएको पाईन्छ ।

अज्ञानताको कारणले गर्दा सानातिना विमारीहरुको पनि समयमा रोकथाम गर्ने चेतना नहुँदा जीवन नै जोखिममा परिरहेको पाईन्छ ।हस्पिटल विमारीहरुले खचाखच भरिएका छन्, अस्पतालमा पाइला राख्ने ठाउंको अभाव छ ।

उपचार पद्धती महंगो भईदिदा उपचार गर्न गरिव जनताहरुले आफ्नो सम्पुर्ण धन सम्पति सिध्याएर उपचार गर्न बाध्य छन् भने उपचार खर्च नह“ुदा आत्महत्या समेत गर्ने गरेका तितो यथार्थ छ , तर पनि ठिक उपचार पाउन नसकी कष्टकर जीवन बांचिरहेकोे पाईन्छ । एकातिर उपचारको नाममा खर्च धान्न नसकी सम्पुर्ण परिवारहरु आर्थिक र मानसिक संकटमा डुविरहेको पाईन्छ भने अर्को तर्फ उपचारको नाममा ठुलो धनराशी विदेशीरहेको छ ।

मानसिक र आर्थिक रुपमा यसले पार्ने प्रभाव 
उपचार पद्धती महंगो भईदिदा उपचार गर्न गरिव जनताहरुले आफ्नो सम्पुर्ण धन सम्पति सिध्याएर उपचार गर्न बाध्य छन्, तर पनि ठिक उपचार पाउन नसकी कष्टकर जीवन बांचिरहेकोे पाईन्छ । एकातिर उपचारको नाममा खर्च धान्न नसकी सम्पुर्ण परिवारहरु आर्थिक र मानसिक संकटमा डुविरहेको पाईन्छ भने अर्को तर्फ उपचारको नाममा ठुलो धनराशी विदेशीरहेको छ । देशमा उद्योग कलकारखाना भन्दा स्टार होटल जस्ता हस्पिटल तथा नसिंग होमहरुको संख्या तिव्र रुपमा बढिरहेकोे

मानव जीवनमा योग र आध्यात्मको महत्व
समग्र प्राणीको कल्याणमा मानव र त्यसका लागि पूर्ण मानव वन्नु आवश्यक पर्दछ । अध्यात्मको अवलम्वन वाट मात्र मानव पूर्ण मानव वन्न सक्दछ । योगको आध्यात्मिक पक्ष धेरै नै विराट छ । योगको मुख्य लक्ष्य समाधिको प्राप्ति वा स्वरूपको उपलव्धि वा परम सत्यको साक्षात्कार हो । साथै योगदेखि समाधिको प्राप्तिको यस यात्रा बिचको अवरोध रोग तव स्वतः नै समाप्त हुन जान्छ । अर्थात् योगबाट व्याधि(रोग)को परिसमाप्ति त योगको बाइ प्रोडक्ट हो । मुख्य लक्ष्य त समाधि नै हो, यो हामीले कहिले पनि भुल्नु हुँदैन । योगको बारेमा यो विचार मात्र बौद्धिक व्ययाम होइन, कुनै सपना, प्रलोभन वा आश्वासन होईन अपितु योगको प्रयोगको यथार्थ हो । योगबाट एउटा शान्त, स्वस्थ सम्वेदनशील र समृद्ध राष्ट्र र विश्वको निर्माण हुने छ । साइन्स एण्ड स्प्रीच्युलिटी, भौतिकवाद र अध्यात्मवादको समन्वयबाट पूर्ण विकाश हुने छ । योगबाट आत्मधर्म र राष्ट्र धर्म जाग्ने छ । आत्मकल्याण र विश्व कल्याणको पथमा विश्व अगाडि बढ्ने छ ।


वास्तवमा यो शारीरिक स्वास्थ्यको साधनमात्र नभइ मानिसको मन र आत्माका अनन्त क्षमताहरूलाई खोतल्ने विज्ञान हो ।


आफूभित्र रहेको अथाह ज्ञान एवं शक्तिको सङ्केतसम्म नपाइकन मानवले आफ्नो जीवनलीला समाप्त गर्छ । संसारमा सम्पूर्ण प्राणीहरूमध्ये मानव मन अद्भूत छ । उसभित्र असीमित ऊर्जा लुकेको छ । यम, नियम आदि, अष्टाङ्ग योग, मुद्रा एवं विभिन्न यौगिक क्रियाद्धारा उक्त शक्तिलाई जागृत गर्न सकिन्छ । योगबाट ब्यक्तित्व नै परमशक्तिशाली बन्न सक्छ । योगले अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनतर्फ, निर्बलताबाट सबलतातर्फ लैजान्छ । प्राचीन ऋषिहरूको मान्यता अनुसार योगको तात्पर्य स्व–चेतना र विश्व–चेतनाको मुख्य केन्द्र परमचैतन्य प्रभुको साथ संयुक्त हुनु हो । सम्यक् बोधले मन समतामा हुँदा जब व्यक्ति वैराग्यको भावले अभिभुत हुन्छ तव ती समस्त क्षणिक भावहरू, वृत्तिहरूदेखि माथि उठेर आत्मसत्ताको सम्पर्कमा आउँछन् ।

जीवात्मालाई जीवन्मुक्तिकालागि आवश्यक पर्ने ज्ञान योगद्वारा नै सम्भव छ । योग मनको एकाग्रतामा निर्भर गर्दछ । कतिपय मानिसहरू योगलाई केवल शारीरिक ब्यायाम मात्र मान्छन् । वास्तवमा यो शारीरिक स्वास्थ्यको साधनमात्र नभइ मानिसको मन र आत्माका अनन्त क्षमताहरूलाई खोतल्ने विज्ञान हो । द्वैत र अद्वैतको मिलन अर्थात् जीव र परमात्माको मिलन नै योग हो । योगाभ्यासद्वारा मनुष्यभित्रका सुसुप्त शक्तिहरू जाग्दछन् ।


व्यक्ति आफ्नो शरीरप्रति जति बेवास्ता गर्छ, सायद त्यति वेवास्ता अरू कुनै वस्तुसंग गर्दैन होला ।


जसले इन्द्रीय, मन तथा शरीर जितेको छ, कुनै कुराको लोभ लालच गर्दैन यस्ता वासना रहित पुरूषले एक्लै बसेर आफुलाई परमात्माको ध्यानमा लगाओस् र ईश्वरत्व प्राप्त गरोस् । धेरै खाने, खाँदै नखाने, धेरै सुत्ने, सुत्दै नसुत्ने यस्ता अनियमित काम गर्नेलाई योग सिद्धि मिल्दैन । नियमित आहार विहार गर्ने, कर्ममा चेष्ठा गर्ने, नियमिन सुत्ने, जाग्ने संयमीहरूलाई मात्र योग सिद्धि प्राप्त हुन्छ । काम वासना लगायत सबै इच्छाले रहित भएको महापुरूषलाई योगी भनिन्छ । जसरी बतास नलागेको वेला वत्ती स्थीर रूपमा बल्दछ, त्यसरी नै परमात्माको ध्यानमा लागेका योगीहरूको चित्त स्थिर रहन्छ । लाभको कुनै प्रवाह नगरी ईश्वरको रूपमा तन्मय रहने योगी ठूलो दुःखमा पनि हल्लदैन वा स्थीर रहन्छ ।

अशान्तिमा भय, घृणा, तृष्णा, असन्तोष, अविवेक, क्रोध, असंयम एवं समस्त वासनात्मक भाव उत्पन्न हुन्छ । प्राणायाम एवं ध्यानबाट जब व्यक्तिको मन शान्त हुने छ तब समाज, राष्ट्र र विश्वमा व्याप्त भय , भ्रम, हिंसा, अपराध र भ्रष्टाचार पनि मेटिने छ र उपासनाको बृत्तिबाट वासनाको प्रबृत्तिमा पनि नियन्त्रण आउने छ । भोगवादी विद्रुपताहरूबाट मुक्तिको एकमात्र समाधान यही भोगवादी दृष्टिकोण हो । हिंसा, अपराध कामोन्मत्तताको वैश्वीकरणको विकराल कालको अन्त योगको वैश्विक प्रतिष्ठापनबाट नै सम्भव छ, अन्यथा त महाविनाशलाई कसैले बचाउन सक्दैन ।

जसरी विषयूक्त आहारले हाम्रो शरीरमा धेरै किसिमका विकार उत्पन्न गर्छ, त्यसरी नै विकारयूक्त विचार हाम्रो मस्तिष्कमा प्रविष्ट भएर भयङ्कर तनाव, दुःख, अशान्ति र असाध्य रोग उत्पन्न हुन्छन् । अतः यदि तपाई राम्रो व्यक्तित्व पाउँन चाहनुहुन्छ भने आहार एवं विचारहरूप्रति प्रतिपल सजग रहनु होस । व्यक्ति आफ्नो शरीरप्रति जति बेवास्ता गर्छ, सायद त्यति वेवास्ता अरू कुनै वस्तुसंग गर्दैन होला ।

धर्मका आठ वटा मार्ग बताइएको छ, ती हुन्: यज्ञ, स्वाध्याय, दान, तप, सत्य, धैर्य, क्षमा र सन्तोष । यी आठ वटा मार्गलाई हामी मानवले सधैं अवलम्बन गर्न सके धार्मिक उन्नति भइ सभ्य समाजको निर्माण हुन्छ । यज्ञद्वारा संसार र प्राणीको रक्षा हुन्छ । स्वाध्यायले जीवन र जगत्को बोध गराउँछ । दानले धन र मन शुद्ध हुन्छ । तपद्वारा लक्ष्य हासील हुन्छ, सत्यले धर्मको बाटो निर्माण गर्दछ । धैर्यले शरीर र मनलाई नियन्त्रण राख्दछ । क्षमाले दयाको सिर्जना गर्दछ र सन्तोषले सच्चा योगी बनाउँछ ।


मानव जीवनको सफलताका लागि हाम्रा ऋषि मुनिहरूद्वारा प्रतिपादित योग विज्ञानको शिक्षालाई सवै सुरक्षा निकाय लगायत औपचारिक शिक्षा प्रणालीमा र स्वास्थ्य सेवा प्रणालीमा पुनःस्र्थापित गर्न आवश्यक देखिन्छ । सरकारी क्षेत्रबाट योगशिक्षालाई प्रथमिकता दिनसकेको खण्डमा स्वास्थ्य सेवा र शान्ति सुरक्षामा खर्च भइरहेको ठुलो स्रोतको बचत हुने तथा समाजमा अमनचयन कायम हुने कुरो निश्चित छ ।


आफूभित्र रहेको अथाह ज्ञान एवं शक्तिको सङ्केतसम्म नपाइकन मानवले आफ्नो जीवनलीला समाप्त गर्छ । संसारमा सम्पूर्ण प्राणीहरूमध्ये मानव मन अद्भूत छ । उसभित्र असीमित ऊर्जा लुकेको छ । यम, नियम आदि, अष्टाङ्ग योग, मुद्रा एवं विभिन्न यौगिक क्रियाद्वारा उक्त शक्तिलाई जागृत गर्न सकिन्छ । योगबाट ब्यक्तित्व नै परमशक्तिशाली बन्न सक्छ । योगले अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनतर्फ, निर्बलताबाट सबलतातर्फ लैजान्छ । प्राचीन ऋषिहरूको मान्यता अनुसार योगको तात्पर्य स्व–चेतना र विश्व–चेतनाको मुख्य केन्द्र परमचैतन्य प्रभुको साथ संयुक्त हुनु हो । सम्यक् बोधले मन समतामा हुँदा जब व्यक्ति वैराग्यको भावले अभिभुत हुन्छ तव ती समस्त क्षणिक भावहरू, वृत्तिहरूदेखि माथि उठेर आत्मसत्ताको सम्पर्कमा आउँछन् ।

मानव जीबन
जीवन एक उत्सबै हो । जीवन परमात्माको सबैभन्दा ठुलो उपहार हो । जीवन परमेश्वरको उत्कृष्ट कृति हो । यो देह, देवालय, शिवालय र भगवानको मन्दिर हो । यो शरीर मन्दिर हो, आत्मा अमर, अजर, नित्य, अविनाशी, ज्योतिर्मय, तेजोमय, शान्तिमय र तृप्त गुणहरूले भरिपूर्ण छ ।

खानु, निदाउनु, डर हुनु, मैथुनादि कर्म यी सबै मानिस, पशु आदिमा समान हुन्छन् । मानिसमा विशेष थप गुण रहेको हुन्छ, त्यो धर्म हो । धर्मले रहित मासिन पशुतुल्य हुन्छ अर्थात् धर्म बाहेक अरू सबै विशेषता सबै प्राणीमा रहेका हुन्छन् । त्यसैले मानवले धर्मको पालना गर्नुपर्दछ । धर्म भनेको राम्रो कुन धारण गर्नु हो ।

जसरी कुमालेले गिलो माटोलाई चाहेको आकार प्रकारमा ढालेर भाँडावर्तन बनाउँदछ त्यसैगरी मानिसले आफुले गरेको कर्म अनुसार सप्रने र विग्रने हुन्छ । अर्थात् विग्रने र सप्रने व्यक्तिको हातमा छ वा आफुले गरेको कर्मका छ ।

मानव जीबनमा यसको महत्व
मानिसको अन्तिम ध्येय सुखभोगद्वारा आनन्द प्राप्त गर्नु हो । सुख र दुःखको अनुभव गर्ने साधन इन्द्रीय र मन हुन् । इन्द्रीय र मनले शरीरमा अवस्थित रहेर सुखको कामना (तृष्णा) गर्दछन् र सो कामना प्राप्तिका लागि शरीरद्वारा नै विभिन्न प्रयत्न (कर्म) गर्दछ । कर्मको फलको रूपमा सुखभोग गरी त्यसबाट आनन्द प्राप्त गर्दछ । त्यसैले योगशास्त्रमा ‘शरीरमाद्यं खलु धर्म साधनम्’ अर्थात् शरीर नै सबै धर्म (कर्म) गर्ने साधन हो भनिएको छ । त्यसर्थ शरीरलाई स्वस्थ, सुदृढ र पवित्र राख्न सके मात्र मानसिक रूपमा पनि सन्तुलित, सीर्जनात्मक, सक्रिय र जागरूक भएर विभिन्न कर्महरू सम्पादन गर्न सक्षम हुन्छ । यसबाट व्यक्तिको व्यक्तित्व विकास हुन्छ र विभिन्न प्रकारका (शारीरिक, मानसिक, भौतिक र सामाजिक) सुखहरूको भोग गरी आनन्द प्राप्त गर्न सफल हुन्छ ।

 


शरीर र मनलाई सर्बदा स्वस्थ, शान्त, सुदृढ र सक्रिय बनाइ राख्न सक्ने एक मात्र साधन (माध्यम) योगाभ्यास हो । गीतामा भनिएको छ ‘योगःकर्मशु कौशलम्’ योगले मानिसलाई कर्ममा कुशल बनाउँछ । कर्ममा कुशल मानिस मात्र सफल व्यक्तित्वका धनी मानिन्छन् । त्यसैले योगाभ्यास नै व्यक्तित्व विकासद्वारा सुख भोग गरी आनन्द लिने सर्बैोत्तम साधन हो ।


सुख प्राप्त गर्न चित्त प्रशन्न हुनु जरुरी छ । सुखी मानिसहरु प्रति मैत्रिभाव, दुःखीहरुप्रति करुणाभाव, पूण्यशील व्यक्तिहरुप्रति मुदिता एवं अपूण्यशील (दुष्ट) व्यक्तिहरुप्रति उपेक्षा राख्नाले चित्त प्रशन्न रहन्छ । योगबाट भित्रको आत्मालाई पोषण दिन्छ, भय, लज्जा, रिस पैदा हुने कार्य गर्दा आत्मालाई पोषण दिदैन । तसर्थ दैनिक योग गरी शरीरलाई मानसिक र शारीरिक रुपमा स्वस्थ बनाई जीवनको अमूल्य समयलाई पुरुषार्थ गर्नको लागि सदूपयोग गर्न सकिन्छ ।

प्रतिदिन हजारौं शोक र सयौं डरको अवस्था सृजना हुन्छ तर त्यसले मूर्खलाई मात्र सताउँछ । ज्ञानी र पण्डितलाई असर गर्दैन । अर्थात् मन, शरीर र कर्म खराब भएमा शोक, भय आदि व्यहोर्नु पर्ने हुन्छ । ज्ञान प्राप्त गरेका व्यक्तिको मन र कर्म शुद्ध हुने भएकाले शोक र डरबाट ती व्यक्तिहरू टाढै रहन्छन्, त्यसैले ज्ञानी र ध्यानी बन्ने प्रयास गरौं ।

यौवन(जवानी) धन–सम्पत्ति, प्रभुत्व र अविवेक यी मध्ये एउटाले मात्रै पनि मानिसलाई सत्यानाश गराउँछ भने सबै भए भने त भन्नु नै के छ र ? अर्थात् मानिसले जवानीमा होस पु¥याउनु, धन सम्पत्तिको सही सदुपयोग गर्न जान्नु, पदको दुरूपयोग नगर्नु र विवेकशील भएमा जीवन सुध्रन्छ, जसमा यी कुराहरूलई ठिक ढङ्गले सञ्चालन गर्ने क्षमता हुँदैन उसको जीवन निश्फल हुन्छ ।

 

लेखकबाट थप,

क्यान्सर आजको प्रमुख समस्या र रोकथामका उपायहरु

उचित आहारविहार स्वस्थ शरीरको आधार

विद्यालयमा योग किन ?

संस्कृति र संस्कारलाई बिर्सेका कारण आज हामी डिप्रेसनको सिकार भइरहेका छौं

मांसाहार भोजन कति उपयुक्त ?

प्रतिक्रिया दिनुहोस