२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षित महिलाले नै शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन्: अध्ययन प्रतिवेदन

अ+ अ-

काठमाडौँ । पछिल्लो समयमा नेपालमा शिक्षित महिलाले नै आफ्ना नवजात शिशुलाई पर्याप्त मात्रामा स्तनपान नगराउने गरेको तथ्यांकले देखाएको छ ।

शिक्षित महिलामा चेतनास्तर उच्च भए पनि विशेष गरी सहरी क्षेत्रका शिक्षित आमाहरूले नै आफ्ना नवजात शिशुलाई पूर्ण रूपमा स्तनपान नगराएपछि स्तनपानको दर घट्दै गएको अध्ययन प्रतिवेदनले देखाएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले आज दिक्तेलमा गरेको क्रियाशील पत्रकारसँगको अन्तरक्रियामा प्रस्तुत तथ्यांकअनुसार ६१ प्रतिशत आधारभूत शिक्षा प्राप्त गरेका र ५३ प्रतिशत माध्यमिक शिक्षा प्राप्त गरेका आमाले आफ्ना नवजात शिशुलाई पर्याप्त स्तनपान नगराएको पाइएको छ ।

उच्च शिक्षा हासिल गरेका ४९ प्रतिशत आमाले आफ्ना शिशुका लागि दूधदानी प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।

कोशी प्रदेशमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिला ४७ प्रतिशत रहेको पाइएको छ । शिशु जन्मिएको छ महिनासम्म पुग्दा पूर्ण स्तनपान गराउने महिला भने ५३ प्रतिशत मात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तर, जिल्लाको अवस्था भने तुलनात्मक रूपमा राम्रो देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार जिल्लामा शिशु जन्मेको एक घण्टाभित्र ९८ दशमलव ६५ प्रतिशत र छ महिनासम्म ७३ दशमलव ०१ प्रतिशत शिशुलाई पूर्ण स्तनपान गराएको पाइएको छ । नियमित स्तनपान गराउनेमा अधिकांश स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमा रहेको कार्यालयले जनाएको छ ।

नेपालमा सन् २०२२ को तथ्यांकअनुसार २२ प्रतिशत आमाले शिशुलाई दूध दानीबाट दूध खुवाउने गरेका छन् । स्वास्थ्यकर्मीका अनुसार दूध दानीको प्रयोग बढ्दै जानु शिशु स्वास्थ्यका लागि चुनौती बन्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

पूर्ण स्तनपान नगराउँदा शिशुमा पखाला, श्वासप्रश्वासको सङ्क्रमण, मोटोपनालगायत समस्या देखिन सक्ने तथा आमालाई स्तन र पाठेघरको क्यान्सर तथा मधुमेहको जोखिम बढ्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्तनपान गराइएका नवजात शिशुको ७५ प्रतिशतसम्म विभिन्न सङ्क्रमणबाट ज्यान बचाउन सकिने आधार तय गर्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

नवजात शिशुलाई कम्तीमा पनि छ महिनासम्म आमाको दूध नियमित खुवाउँदा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर उल्लेखनीय रूपमा घटाउन सकिने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत शिवेन्द्रप्रसाद सिंले जानकारी दिए ।

बच्चा जन्मिएलगत्तै आमाको छातीमा राख्ने, आवश्यक परे नवजात शिशु ब्युँताउने विधि अपनाउने, सङ्क्रमण समयमै पहिचान गरी उपचार गर्ने तथा जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्दा मातृ तथा शिशु मृत्युदर घटाउन सकिने जनाइएको छ ।

स्तनपानको संरक्षण, प्रवर्द्धन र समर्थनका लागि नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयन, ७५३ वटै स्थानीय तह तथा सार्वजनिक स्थलमा स्तनपान कक्ष स्थापना, स्वास्थ्यकर्मीलाई तालिम, नियमित परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली कार्यान्वयनका लागि औषधि व्यवसायी, पत्रकार तथा अस्पताल एवम् मेडिकल कलेजका विद्यार्थीसँग बहस तथा पैरवीसमेत भइरहेको जानकारी दिइएको छ ।

उत्पादक वा वितरकबाट आर्थिक वा भौतिक उपहार स्वीकार गर्ने, उत्पादनको नमुना वितरण गर्ने वा कुनै उत्पादनको प्रवर्द्धन गर्ने स्वास्थ्यकर्मीलाई एक हजारसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

विना प्रमाणीकरण उत्पादन वा पैठारी गर्ने तथा लेबलसम्बन्धी व्यवस्था उल्लंघन गर्ने उत्पादक वा वितरकलाई रु १५ हजारसम्म जरिवाना, चार महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्यकर्मीका अनुसार स्तनपानको अभ्यासमा सुधार ल्याउन सके वार्षिक रूपमा विश्वभर करिब आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिने चिकित्सको भनाइ छ ।

नवजात शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गरी पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने तथा दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

विश्वव्यापी रूपमा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको व्यापार सन् २०१४ मा करिब रु ४५ खर्ब रहेकामा सन् २०१९ मा बढेर रु. ७२ खर्ब पुगेको जनाइएको छ ।

0 Comments