२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उचित आहारविहार स्वस्थ शरीरको आधार

अ+ अ-

आहार के हो ?

आहार अनिवार्य र आवश्यक तत्व हो । आहारविना जीवन चल्दैन । आहार–विहार मानव जीवनका दिनचर्या हुन् । मानव जीवनमा श्रमबाट अन्न मिल्छ, अन्नबाट रस, रसबाट रक्त, रक्तबाट मासु, मासुबाट बोसो, बोसोबाट हड्डी, हड्डीबाट मज्जा, मज्जाबाट विर्य, विर्यबाट ओज, ओजबाट तेज, तेजबाट श्रमशक्ति मिल्दछ । त्यही श्रमबाट पुनः अन्न उपलव्ध हुन्छ । यसरी मानवको जीवनचक्र चलेको हुन्छ । आहार भोक हटाउने साधन मात्र हैन, यसवाट शरीर, स्वास्थ्य, मन, भावना र संस्कार वन्दछ । जस्तो आहार त्यस्तै मन र जस्तो मन त्यस्तै जीवन चरित्र हुने भएकोले आहारमा शुद्धता जरूरी भएको हो । यही प्रकृतिको शाश्वत नियम र अनुशासन हो ।

आहार कसरी गर्ने ?

वास्तवमा व्यक्ति तवसम्म शिक्षित, ज्ञानी मानिदैन, जवसम्म उसलाइ के खाने, कती खाने, कसरी खाने, कुनबेलामा खाने र के नखाने ? बारेमा ज्ञान हुँदैन । यी कुराहरूलाई विचार गरी भोजन गरेमा पूर्ण रूपमा स्वस्थ्य रहन सकिन्छ । आहार नै जीवन भएकोले आहार कस्तो, कसरी, कुन अनुपातमा ग्रहण गर्ने यो जान्नु पर्ने महत्वपूर्ण विषय हो । आहार प्रयोग गर्ने र प्राप्त गर्ने प्रकृतिको आफ्नै नियम र अनुशासन छ । जसलाई क्रमवद्ध तरिकाले प्राकृतिक नियममा रहेर कार्य गरेमा योग हुन्छ । प्रकृति विरूद्ध प्रयोग गरेमा वियोग हुन्छ । तब त्यसैले आहारको प्रयोग गर्ने नियम र अनुशासनलाई बुझ्न अति जरूरी छ ।


सात्विक र सन्तुलित आहार लिने व्यक्तिलाई विषय वासनाले सताउँदैन ।

ठिक ढङ्गबाट आहार लिदा मात्र ठिक ढङ्गबाट पच्न सक्दछ र कबिजयत हुन दिदैन । खाएको आहार पुरा पचेपछि मात्र शरीरमा पोषण मिल्दछ भने यसबाट ओजस बढ्न थाल्दछ र हाम्रो शरीरको धातुहरू राम्रो अवस्थामा रहन्छ र शरीर तथा मन दुबै निरोगी, स्वस्थ तथा सुन्दर बन्दै जान्छ । हिजो आजका अधिकांस समस्याहरू खान, पिउन नजानेर सिर्जना भएका छन् । खाएको खानेकुरा नपचि सडेर विषहरु निस्की शरीर कैयन प्रकारका रोगी हुदैछन् । रोगब्याधि उत्पत्ति भइ मानव दुःखी र अशान्त भएका छन् ।

सात्विक आहारः

आयुर्वेदका अनुसार जस्तो आहार लिइयो त्यस्तै मन निर्माण हुन्छ । मनलाई नैतिक तथा चारित्रिक रूपमा शुद्ध र स्वस्थ बनाउन आहार पक्षको सूक्ष्म र स्थूल दुबै अनुशासनले त्यत्तिकै भूमिका खेलेको हुन्छ । शुद्ध सात्विक आहारबाट नै हाम्रो अन्तस्करण शुद्ध हुन मद्दत पुग्दछ । सात्विक र सन्तुलित आहार लिने व्यक्तिलाई विषय वासनाले सताउ“दैन । रोग र दुःखको मूलकारण मन हो । स्थूलरूपमा यसको नियममा आहारको सही मात्रा, खाना खाने समय, आहारमा शुद्धता र प्रेम भावना, खाने तरिका, पकाउने विधि, खाद्य पदार्थको गुण आदिलाई अत्यन्तै विचार पु¥याउनु पर्ने हुन्छ । यस्ता नियम र अनुशासन यदि जानियो भने स्वस्थ वन्नुका साथै सदाचारी बनिन्छ । अर्काको आंसु र मासु नमिसिएको तथा आफ्नो मिहेनतबाट आर्जित कमाइको होस् ।

 

भोजनको सही तरिका के हो त ?

भोजनका सन्दर्भमा आयुर्वेद ग्रन्थमा उल्लेखित नियमहरू यस्ता छन् :

स्निग्ध(चिल्लो) भोजनः
हाम्रो भोजनमा घ्यु तेल आदि प्राकृतिक स्निग्ध (चिल्लो) द्रव्य उचित मात्रामा हुनुपर्दछ । आजकल हृदय रोग, ब्लड प्रेसर र मोटोपन आदिको डरले प्रायः मानिसले घ्यु आदिको प्रयोग नगरी रूखा भोजन गर्दछन् । यस्तो भोजन अनुचित हुन्छ किनकी जहा“घ्यु, तेल आदिले भोजनलाई स्वादिष्ट बनाई रूचि बढाउनुका साथै भोजनलाई मूलायम पनि बनाउछ । यसमा पाचक अग्नि तीव्र हुन्छ, भोजन सुपाच्य बनाउ“छ, बल तथा आयुको बृद्धि गराउछ, रङ्गमा निखार आउँछ । घ्यु आदि स्निग्ध पदार्थको सेवनले वातको सन्तुलन हुन्छ र मल बिसर्जनमा पनि सूविधा हुन्छ । त्यसैले स्निग्ध भोजनको लाभबाट बञ्चित नहुन घ्यूको महत्व बुझि सेवन गर्नु नितान्त आवश्यक हुन्छ ।

ताजा र तातो भोजनः
भोजन सधै ताजा र तातो हुनुपर्दछ । यस्तो भोजन स्वादिष्ट हुनूका साथै पाचक, अग्नि बढाउने सुपाच्य हुन्छ । यस्तो भोजन पौष्टिक पनि हुन्छ, बासी र चिसो भोजन भारी, तामसिक र अपौष्टिक हुन्छ । आयुर्वेदको अनुसार भोजनलाई फ्रिज आदिमा राखेर पछि तताएर खाने, प्रिजर्बेटिक्स आदि पदार्थ हाली भोजनको सुरक्षा गरी डिव्वामा बन्द गरी एको भोजन सेवन गर्न उचित हुदैन । महामारीको जसरी बढीरहेको मोटोपन रोगको कारण पनि जङ्क फूड, फास्टफूड र अन्य डिब्बामा बन्द गरी एका फूड जस्ता भोजन सेवानलाई लिन सकिन्छ । यस कारण हामीले कस्तो भोजन सेवन गर्ने विषयमा ध्यान दिनु पर्दछ किनभने संसारमा अधिकांश रोग अनुचित भोजन सेवन गरेर नै उत्पन्न हुने गर्दछन् । प्राकृतिक (फल, जूस) एवं ताजा भोजनको सेवन गर्नु उत्तम मानिन्छ ।

भोजनको सुन्दरताः
भोजनको रङ्ग, गन्ध, स्वाद तथा स्पर्श रूचिकर हुनुपर्दछ । भोजनप्रति रूचि बढाउनको लागि भोजनलाई अझ स्वच्छ, सुन्दर र आकर्षक हुन आवश्यक हुन्छ । रोगीहरूको लागि यी कुराहरूमा विशेष ध्यान राख्नुपर्ने हुन्छ किनभने निरन्तर एक प्रकारको भोजन खानाले उनीहरूमा अरूचि उत्पन्न हुन सक्दछ ।

एकाग्र चित्त (मानसिक दशा):
भोजन सधैं शान्त र प्रसन्न मनले तयार पार्ने तथा सेवन गर्नु पर्दछ । क्रोध, ईष्र्या, द्वेष, चिन्ता, डर आदिमा रहेर सेवन गरेको भोजनमा स्वाद आउदैन,पाचक रसको स्राव पनि ठिक प्रकारसँग हुन पाउदैन । यसले भोजनको पाचन समुचित रूपमा हुन पाउदैन । त्यसैले भोजन गर्ने समयमा कुनै पनि प्रकारको अप्रिय चर्चा देखाउने, सुनाउने जस्ता कार्यगर्नु हुदैन । भोजन गर्दा नबोली प्रशन्न मुद्रामा पलेटी मारी बसेर सेवन गर्नु राम्रो हुन्छ । गफ गदै वा टि.भि. हेर्दै भोजन गर्नु हानीकारक हुनसक्छ ।

भोजनको उचित समयः
उचित र नियमित समयमा भोजन गर्नु नै आरोग्यको लागि श्रेष्ठ उपाय हो । समयमा भोजन ग¥यो भने मात्र भोजनको ठिक प्रकारले पाचन हुन्छ । भोजन गर्ने उचित समय पहिचान गर्दा पहिला सेवन गरेको भोजन राम्रोस“ग पचेको, ह्दय र पेटमा भारिपन नभएको महसुस भए पश्चात् मात्र भोजन सेवन गर्नु पर्दछ । भोजन सेवन गर्ने कुनै निश्चित समय बनाएपछि केही खाने ईच्छा आफैं उत्पन्न हुन्छ । यस्तो समयमा भोजन गर्दा पाचक रसका स्राव प्रसस्त मात्रामा भएको कारण भोजनको पाचन राम्रोसँग हुन्छ । यस्तो समयमा भोजन सेवन नगरे शरीरमा नराम्रो प्रभाव पर्छ । यसले बातको प्रकोप गराई पाचन शक्ति कमजोर बनाउँछ । जसका कारण भोजनको पाचन ठिकसँग हुन सक्दैन । भोक लाग्दा पनि भोजन नगरेमा शरीर कमजोर, थकावट, अरूचि, छालाको रङ्गमा बदलाव, दृष्टिमा कमी आदि जस्ता समस्याहरू उत्पन्न हुन थाल्छन् ।


भोजन गर्दा नबोली प्रशन्न मुद्रामा पलेटी मारी बसेर सेवन गर्नु राम्रो हुन्छ । गफ गदै वा टिभी हेर्दै भोजन गर्नु हानीकारक हुनसक्छ । 

बिहानको भोजन सधै नियमित समयमा भोजन गर्नु पर्दछ । दिनभर काम गर्नु पर्ने हुदा बिहानको खाना राम्रोसँग खानु पर्दछ । सुर्याेदयसंगै बिहान १० बजेसम्म जठ्राग्नी बढि नै सकृय हुने हुँदा मज्जाले भोजन गर्दा पनि राम्रोसँग खानपर्छ । मौसम अनुसारको फल, सबैजी खानु पर्दछ । अन्यथा धातु नष्ट हुने, ओज नष्ट हुने गर्छ, त्यसर्थ खाना मिलाई खानु पर्दछ । बिहानको खानामा तारेको, भुटेको नभए राम्रो हुन्छ । बिहानको खाना राम्रो भएमा कोलेस्ट्रोल बढ्ने तथा मधुमेहको खतरा हुँदैन । काँचो अङ्कुरित अन्नहरू जस्तै मेथि, गहुँ , मुंगी, चना र सानो केराउको मिश्रण तथा फलफुलको प्रयोग भएमा सबै खालको भिटामिन तथा मिनरलहरू प्राप्त हुन सक्दछ । फाईवरयुक्त खानाहरू जस्तै आटा, सलादहरू, ढींकिमा कुटेको चामल (पोलिस नगरेको) प्रयोग गर्नु उपयुक्त हुन्छ । काँचो अङ्कुरित अन्नहरू जस्तै मेथि, गहुँ, मुंगी, चना र सानो केराउको मिश्रण तथा फलफुलको प्रयोग भएमा सबै खालको भिटामिन तथा मिनरलहरू प्राप्त हुन सक्दछ । फाईवरयुक्त खानाहरू जस्तै आटा, सलादहरू, ढिकिमा कुटेको चामल (पोलिस नगरेको) प्रयोग गर्नु उपयुक्त हुन्छ ।

रातमा हलुका भोजनमात्र:
आफ्नो शरीरको प्रकृती तथा गरीने शारीरिक श्रम अनुसार (१/२ वटा सुख्खा रोटी, सब्जी र सुप मात्र) भोजन सेवन गर्ने तथा सुत्नु अगाडि मनतातो दुध सेवन गर्नु राम्रो मानिन्छ । सूर्यास्त भन्दा १ घण्टा अगाडी वा वेलुकि सुत्नु २-३ घण्टा अगाडिे भोजन गरी सक्नु पर्दछ, भोजन पश्चात् केहिबेर बज्राशनमा बस्ने । पेटको पाचनशक्ति भन्दा बढी खानेकुरा खानु अवश्य नै समस्यालाई वढावा गर्नु हो रात्रिको भोजन गरी सकेपछि बिस्तारै करीब १००/१५० पाइला हिड्नुपर्छ । सो पछि मात्र ओछ्यानमा आराम गर्ने गरीएमा भोजन पनि राम्रोसँग पच्दछ र निद्रा पनि राम्रो पर्दछ । बेलुकी पौष्टिकतत्व बढी भएको भोजन सेवन गर्दा त्यसबाट नै विकारको जन्म हुन्छ यसरी खाँदा लाग्ने अन्य रोगहरू त छंदैछन् तर कब्जियत चाहिँ सुरूमै हुन्छ । कतिपय मानिसहरू मनपर्ने खानेकुरा देखेर आफूलाई नियन्त्रण गर्न सक्दैनन् । निष्कासित हुने एवम् नपचेका पदार्थको मिश्रणले विषाक्तताको स्थिति पैदा हुन्छ । अपच, सडन एवम् ग्याँस बन्छ र यसले आन्द्राका भित्ताहरूमा प्रहार गर्न लाग्छ र कब्जियत हुन थाल्छ । मनतातो दुध सेवन गर्नु राति सुत्नु अगाडि मनतातो दुधमा थोरै वेसार राखि सेवन गर्नु राम्रो तर दहि वा लसि भने दिनको समयमा लिनु राम्रो मानिन्छ, रातमा भने खानु हुंदैन । बिहान भने फलरस लिनु राम्रो हुन्छ ।

भोजनको मात्राः
संतुलित मात्रामा भोजन गरेमा मात्र पोषकतत्व प्राप्त गर्न सकिन्छ । भोजन गर्दा पेटको एक तिहाई भाग खाली रहने गरी सेवन गर्नु पर्दछ । यसरी भोजन सेवन गर्दा पाचक रस र कफ भोजन मिलेर पाचन हुनसक्छ र बातको गति पनि ठिक प्रकारसँग हुनसक्छ । भोजनको मात्राको निर्णय गर्न मानिसको आफ्नो प्रकृति, आयु, पाचक अग्निको शक्ति, हल्कापन र अग्निको तीब्रतालाई विचार गर्नु पर्दछ । पाचनशक्ति राम्रो हुने मानिसले केही धेरै मात्रामा भोजन गरेतापनि धेरै कष्ट हुँदैन । तर पाचनशक्ति कम हुनेहरूले भारी भोजन गरेमा कष्ट उठाउनु पर्ने हुन्छ ।


आवश्यकता भन्दा कम गरेको भोजनले आवश्यक उर्जा प्रदान गर्न सक्दैन र अत्याधिक मात्रामा सेवन गरेको भोजनले आलस्य, भारीपन, मोटोपन, अपच आदि जस्ता समस्या उत्पन्न गराउँछ, त्यसबाट नै विकारको जन्म हुन्छ ।

आवश्यकता भन्दा कम गरेको भोजनले आवश्यक उर्जा प्रदान गर्न सक्दैन र अत्याधिक मात्रामा सेवन गरेको भोजनले आलस्य, भारीपन, मोटोपन, अपच आदि जस्ता समस्या उत्पन्न गराउँछ, त्यसबाट नै विकारको जन्म हुन्छ । त्यसैले बिहान प्रशस्त भोजन गर्नु र बेलुकी हलुका भोजन मात्र गर्ने, आफ्नो शरीरको प्रकृति तथा गरीने शारीरिक श्रम अनुसार (१/२ वटा सुख्खा रोटी, सबैजी र सुप मात्र) भोजन सेवन गर्ने तथा सुत्नु अगाडि मनतातो दुध सेवन गर्नु राम्रो । बेलुकी पोैष्टिक तत्व बढी भएको भोजन सेवन गर्दा त्यसबाट नै विकारको जन्म हुन्छ ।

भोजन चपाएर खानुपर्नेः
सबभन्दा पहिला भोजन मुखमा गई Saliva सँग मिल्दछ । भोजनलाई जति चपायो उति नै Saliva को श्राव मिल्दछ । यसले ठोस पदार्थ द्रवमा परिणत हुन्छ र भोजनको पाचन क्रिया सरलतापूर्वक सम्पन्न हुन्छ । राम्रोसँग नचपाएको भोजन ठिक सँग पाचन हुन सक्दैन र अजीर्ण, कव्ज, गैस जस्ता रोगहरू उत्पन्न गराउ“छ । त्यसैले राम्रोस“ग चपाएर नरम भएपश्चात् मात्र भोजन निल्नु पर्दछ । तरल पदार्थ सेवन गर्दा विस्तारै पिउनु पर्दछ जसका कारण पाचन प्रक्रियामा सरलता हुन्छ । भोजन बिस्तारै चपाइ चपाइ सेवन गर्ने, पेय पदार्थलाई पनि ठोस पदार्थ खाए झै बिस्तारै चपाइ चपाइ झै खाने गर्दा भोजन पचाउन सजिलो हुन्छ र थोरै खानाले पनि आवश्यक पोषण प्राप्त हुन सक्दछ तर खाना नचपाइ खानाले अपच तथा कब्जियत भइ विभिन्न समस्या आउन सक्छ । भोजन गरेको करिव १ घन्टा सम्म पानी नपिउनु उचित हुन्छ । यसको कारण हो । भोजन गर्दा विभिन्न पाचन रसहरू मिसीने गर्दछ । यदि छिटो छिटो भोजन गरेमा पाचन रसहरू उपयुक्त ढङ्गबाट नमिसीन सक्दछ साथै तत्काल पानी पिएमा पाचन रस पातलो हुन गई पाचन कार्यमा असर पर्न सक्दछ ।

ऋतु ,शरीरको प्रकृति तथा आवश्यकता अनुसार आहार:
ऋतु ,शरीरको प्रकृति (कफ, पित्त, वायु), लिंग तथा आयु तथा समयानुसार शुद्ध सात्विक आहार सेवन गर्न सक्नु पर्दछ जसबाट हाम्रो सदाचार जीवन र साधनालाई सघाउ पुग्दछ । शरीरको प्रकृति (कफ, पित्त वा वायु) अनुसार आहार छनौट गर्दा गरम शरीर (पित्त प्रकृति) भएको व्यक्तिले ठन्डा पैदा गर्ने आहार लिनु राम्रो , ठन्डा शरीर (कफ प्रकृतिको) भएको व्यक्तिले गर्मी पैदा गर्ने आहार जस्तै घिउ, दुध, जस्ता आहार लिन उचित हुन्छ ।


बीसौं शताब्दिका सबैभन्दा प्रसिद्ध वैज्ञानिक अलबर्ट आइस्टाइनले भनेका छन् कि विश्व ब्रम्हाण्डलाई बचेको हेर्न चाहने हो भने मानिस शाकाहारीमा रूपान्तरित हुनै पर्छ ।

सर्वोत्कृष्ट आहार साकाहार मानिसको मांसाहारी नभै ऊ त प्राकृतिक रूपले शाकाहारी प्राणी हो, किनकि उसलाइ आवश्यक पर्ने सम्पूर्ण पोषण फलफुल र तरकारी बाट नै प्रयाप्त हुन्छ । उसलाइ मासु, माछा तथा दुधवाट निर्मित कुनै खानेकुरा आवश्यक हुँदैन । त्यसमा पनि बुद्धि र विवेकले युक्त सर्वोत्कृष्ट प्राणी हो । त्यसको दुरूपयोग भयो भने हिंसा, प्रतिहिंसा, बर्बरता कस्तो हुने होला ? अप्राकृतिक आहार–विहारले रोगब्याधी नबढे के चाहीं बढ्ला ? बीसौं शताब्दिका सबैभन्दा प्रसिद्ध वैज्ञानिक अलबर्ट आइस्टाइनले भनेका छन् कि विश्व ब्रम्हाण्डलाई बचेको हेर्न चाहने हो भने मानिस शाकाहारीमा रूपान्तरित हुनै पर्छ । यस भनाइमा केवल आहारको कुरा छैन बरू आहारबाट मानिसमा तरङ्गित र उब्जने भाव, विचार र कर्ममा पनि उनले सङ्केत गरी रहेका छन् । त्यसलाई हामीले बुझ्न सकिरहेका छैनौं जस्तो लाग्छ । मानिसको आहारअनुसार विचार र चिन्तन बन्छ । साकाहारी भोजनलाई इश्वरको प्रसाद मानेर बांडिचुडि खान सकिएमा त्यही भोजन सात्विक आहारमा रूपान्तरण हुने छ । अक्सफोड विश्वविद्यालयका क्यान्सर रिसर्च सेन्टरको इपिडिमियोलोजी युनिटमा आवद्ध डाक्टर टिमकाई एवम् सहयोगीहरूले ६१,००० व्यक्तिमाथि १२ वर्षको लामो अवधिसम्म सोधकार्य गरे । उक्त महत्त्वपूर्ण शोधको नतिजा अनुसार जुन ब्यक्ति शाकाहारी हो, उसलाई मांशाहारीको तुलनामा रगत सम्बन्धी रोग ल्यूकेमिया हुने आशङ्का ४५ प्रतिशत कम हुन्छ भने क्यान्सरको डर ५२ प्रतिशत कम हुन्छ ।

हतारमा भोजन नगर्ने मानिसको असिमित चाहना, तृष्णा, लोभ, मोहले गर्दा ईच्छा प्राप्त गर्नको लागि हतारमा भोजन गर्ने, भाग दौडको जीन्दगी ज्युने, रातमा सुत्नु पर्ने अवस्थामा जागा रहने र आराम गर्न फुर्सत नपाउँदा मनमा थकान, पीर, डर, निराशा, न्याश्रोपनले भरिन गई मन वेचैन रहने गर्दछ । यही कारणबाट नै मोेटोपन, ग्यास्ट्रीक, हृदय रोग, मृगौला रोग, क्यान्सर, तनाव, निराशा, मानसिक सन्ताप जस्ता समस्याहरूबाट पिडीत हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको पाइन्छ भने तनाव हटाउने नाममा नशालु पदार्थको शहारा लिने तथा दूराचार आदि कार्यमा समेत फस्ने गरेको पाइएको छ ।

गलत खानपान र अनिन्द्राबाट जोगिने गलत खानपान तथा कम सुत्ने गर्दा, अनिन्द्राका कारण हाम्रो पाचनतत्व कमजोर हुन्छ । यही कारणले मन र शरीर थाक्दछ त्यही कारणबाट अपच हुने तथा कव्जियत हुने गर्दछ । लामो समय सम्म आन्द्रामा बिशाक्त भई सडेको तथा अपच भएको खानेकुरा रही रहंदा अनेक विष तत्व लगायत आम तत्व (चिप्लो पदार्थ) बन्नुका साथै अनावश्यक ग्यासहरू उत्पन्न हुन्छ । त्यही वषाक्त र आम तत्व तथा ग्यासहरू शरीर भरी फैलदा रक्त संचार राम्रोसँग हुन नसकी शरीरका विभिन्न अङ्गहरूमा पीडा हुने तथा शरीर भारी हुने गर्दछ । विभिन्न अनेकन रोगहरूबाट समस्या सुरू हुन थाल्दछ ।


अक्सफोड विश्वविद्यालयका क्यान्सर रिसर्च सेन्टरको इपिडिमियोलोजी युनिटमा आवद्ध डाक्टर टिमकाई एवम् सहयोगीहरूले ६१,००० व्यक्तिमाथि १२ वर्षको लामो अवधिसम्म सोधकार्य गरे । उक्त महत्त्वपूर्ण शोधको नतिजा अनुसार जुन ब्यक्ति शाकाहारी हो, उसलाई मांशाहारीको तुलनामा रगत सम्बन्धी रोग ल्यूकेमिया हुने आशङ्का ४५ प्रतिशत कम हुन्छ भने क्यान्सरको डर ५२ प्रतिशत कम हुन्छ ।

कपाललाई कांघियोले कोर्नु प्रतिदिन भोजन पश्चात हातमुख धोएर कपाललाई कांघियोले कोर्नु पर्छ । यसो गर्नाले टाउको सम्बन्धी पीडा र अन्य रोग र वात सम्बन्धी पीडा उत्पन्न हुँदैन । साथै कपाल छिटो पाक्दैन । भोजन गरीसकेपछि मुत्र त्याग गर्नुपर्छ, यसो गर्नाले कम्मरमा दुखाइ हुँदैन र पत्थरको समस्या पनि हुँदैन ।

छिटो गतिमा खाना नखाने तरल पदार्थ सेवन गर्दा विस्तारै पिउनु पर्दछ जसका कारण पाचन प्रक्रियामा सरलता हुन्छ । भोजन बिस्तारै चपाइ चपाइ सेवन गर्ने, पेय पदार्थलाई पनि ठोस पदार्थ खाए झै बिस्तारै चपाइ चपाइ खाने गर्दा पाचन रस राम्रोसंग मिसिनगइ भोजन पचाउन सजिलो हुन्छ ।

खाएको खाना पचिसकेपछि मात्र अर्को खाना खाने भोक नलागिकन भोजन गर्न उचित हुँदैन, पहिला खाएको खाना पचेपछि मात्र भोजन गर्ने । भोक लागे पश्चात् आफ्नो शरीरलाई आवश्यक पर्ने मात्रामा खाना खानु पर्दछ ।

आगोमा नपाकेको खानेकुरा राम्रो भोजनमा करिव ८० प्रतिशत क्षार र २० प्रतिशत अम्ल हुनुपर्दछ, जुन आगोमा नपाकेको खानेकुरा अन्न, गांजर लगायतका सलाद, अङ्कुरित अनाज, फलफुल आदि वाट मिल्दछ । जव खानेकुरालाइ आगोमा पकाईन्छ, अनि खाना अम्लिय वन्दछ अर्थात ८० प्रतिशत् अम्ल वन्दछ, जुन खानाले ग्यास्ट्रिक, कब्जियत लगायतका समस्याको सुरूवात हुन्छ । झन् हिजो आज खाना छिटो पकाउन प्रयोग गरीने प्रेशरकुकरले समस्यालाई वढाइदिएको छ । प्राकृतिक रूपले तयार फल सर्वश्रेष्ट आहार हो जुन सुपाच्य हुनुका साथै भिटामिनहरूले भरपुर हुन्छ । स्याउ, मेवा, अनार, अम्बा, जामुन, मौसम, आदि फल बिहान प्रयोग गर्दा राम्रो हुन्छ । सुक्खा फलमा— काजू, देशी बदाम, मुनक्का, किशमिश, ओखर, अंजीर, छोहोडा, खजुर आदि प्रयोग गर्दा उतम हुन्छ ।

खाना बसेर मात्र खाने उभिएर खाँदा पेटको भागमा रक्त संचार मन्द भइ अपच, हर्निया, अव्जियत, एपिण्डिसाइटिस् जस्ता समस्या हुन सक्दछ ।

भोक जगाएर मात्र भोजन भोक लागेपछि वा भोक जगाएर मात्र भोजन गर्ने । भोक नलागेमा भोजन गर्नु अगाडी अदुवाको रस सेवन गर्दा राम्रो हुन्छ, साथै धनिया र बिरे नुन मन तातो पानीमा मिसाई सेवन गरेमा अग्नि तत्व बढ्दछ ।अधिक मसला तथा पिरो प्रयोग नगर्ने, पाचन चूर्ण लिने बानि पनि नगर्ने यसले पाचन तन्त्र कम्जोर हुनसक्छ । भोजन पश्चात फलको प्रयोग गर्दा पचाउन मद्धत पुग्दछ ।

विरूद्ध अहार खानु बाट जोगिनु कतिपय खाद्य यस्ता छन् जुन पच्न कठिन हुन्छ वा ढिलो पच्छ । हुनत शरीर अनुसार कुनै भोजन कसैलाई ठिक कसैलाई विरूद्ध हुनसक्छ । एउटालाई सुपाच्य भोजन अर्कोलाई अजीर्ण हुनसक्छ । तर, समग्रमा भन्नुपर्दा साधा र सरल खाद्य सबैलाई सुपाच्य नै हुन्छ । माथिको प्रस¨ ढिलो पच्ने प्रकृतिका खानाका सम्बन्धमा उल्लेख भएको हो । ढिलो पच्ने खाद्य पनि कतिपय अन्य खानेकुरास“ग मिसाएर खाँदा सुपाच्य हुन्छ भने कतिपय नमिसाइ खाँदा सुपाच्य हुन्छ । जस्तै रोटी र दही, रोटी र दुध, दही र भात प्रचलनमा खाइने भएपनि विरूद्ध हितकारी छन् । तर मिसाएर खाँदा पाचन अव्यवस्थित हुन्छ र अपच, ग्याँस, अम्लता, अमिलो पानी वा डकार आउने, पेट भारी हुने, घा“टी पोल्ने आदि समस्या हुनसक्छ । यस्ता खाद्य मिसाएर खाँदा राम्रोसँग पच्दैन र नपचेको पदार्थले अवरोध उत्पन्न गरी कब्जियतकै रूप धारण गर्दछ । यस्तो अवरोधले स्राव हुनुपर्ने आवश्यक तत्व स्राव हुनमा पनि अवरोध ल्याउँछ र कब्जियत हुन्छ ।

 

बिरूद्ध आहारका केहि उदाहरणहरु

•दुधसँग  दहि, नुन, कागती तथा अमिलो फलहरू, केराको साथ लस्सी, मट्ठा, मूला दहीको साथ खीर,पनीर, तातो पर्दाथ र धरै पानी भएको फल , घिउको साथ बरावर मात्रामा मह र चिसो    पानी
•महको साथ तातो पानी, तातो दूध वा अन्य पदार्थ, घिउ, तेल । घिउ र मह वरावर मात्रामा लिएमा विष हुन्छ ।
•पेय पदार्थ जुस, सर्बैत, दुध इत्यादि र चिल्लो खाना तारेको, भुटेको संगै नखानु , खाएमा विष समान वन्छ ।
•नपाकेको र पाकेको फलफुल एकसाथ ।
•नयाँ र पुरानो अन्न मिसाएर खानु ।
•माछासँग  दुध तथा दुधबाट निर्मित पदार्थ ।

 

तत्वहीन खाना नखानु:

भिटामिन र खनिज लवण रहित खाद्य पदार्थले पनि कब्जियत बढाउन ठूलो भूमिका खेल्छ । आजभोलि खाद्य पदार्थलाई शुद्ध गर्ने Refining नाममा पोषक तत्वलाई पूर्णतयाः रहित गर्ने चलन बढेको छ र बजारमा त्यस्तै खाद्यको बाहुल्यता छ । यस्ता खाद्य पदार्थ पेटभित्र निष्क्रिय रूपमा रहन्छन् र कुनै उत्तेजना पैदा गर्दैनन् । निरन्तर यस्तै कुरामात्र खानाले आन्द्राको आवश्यक उत्तेजना समाप्त हुन जान्छ र कब्जियत हुन्छ ।

 

भोजन खाएको १ घण्टा सम्म पानी नपिउनु:

भोजन पश्चात तुरुन्त पानी खाएमा पचाउने अग्नि अर्थात जठारग्नी कमजोर हुनजाँदा पाचन पकृया प्रभावित भइ अपच हुन्छ । त्यसैले भोजन खाएको १ घण्टा सम्म वा भोजनको ४८ मिनेट अगाडी सम्म पानी नखानु उत्तम हुन्छ । तर भोजनको विचमा अप्ठेरो परेमा १/२ घुँट लिन सकिन्छ । तर भोजन पश्चात विहान जुस, दिउँसो लस्सी र रातमा दुध लिनु उचित हुन्छ ।

सुवर्णलाल चित्रकार सामाखुसी योग केन्द्रका योग शिक्षक हुन् । 

लेखकबाट थप,

सेना र योग

क्यान्सर आजको प्रमुख समस्या र रोकथामका उपायहरु

विद्यालयमा योग किन ?

संस्कृति र संस्कारलाई बिर्सेका कारण आज हामी डिप्रेसनको सिकार भइरहेका छौं

मांसाहार भोजन कति उपयुक्त ?

7 Comments