Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उज्यालो नेपाल अभियान आर्थिक समृद्धिको दिशामा


प्रशासन संवाददाता

१० चैत्र २०७३, बिहिबार


काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपालको अभियान नयाँ नेपाल बनाउने महाअभियानको सुरुआत भएको बताएका छन् ।

अखिल क्रान्तिकारीले आयोजना गरेको ‘स्ववियुका विजेता सम्मान कार्यक्रम तथा स्थानीय तहको निर्वाचन प्रचार अभियान’ विषयक कार्यक्रममा शर्माले उज्यालो नेपाल अभियानले नेपाली जनतामा नयाँ आशाको सञ्चार गरेको बताए ।

मन्त्री शर्माले उज्यालो नेपाल अभियान केवल विद्युत्भार कटौती गर्ने मात्र नभई समृद्ध अर्थतन्त्रको विकास गर्ने योजनासमेत भएकाले यसमा दत्तचित्त भएर काम गर्न युवा विद्यार्थीलाई आग्रह गरे ।

सरकारले ठूलो लक्ष्यका साथ विद्युत्भार कटौती अन्त्य गरेको बताउँदै उनले भने– “युवा विद्यार्थी तथा त्यसमा पनि प्राविधिक विषय अध्ययन गरिरहेका विद्यार्थीको साथ रहने हो भने एकाध वर्षमा नेपालाई आर्थिक समृद्धिको दिशामा अगाडि लैजान सकिन्छ ।”

मन्त्री शर्माले विद्युत् भार कटौतीको अन्त्यसँगै मुलुकमा केही हुन्छ र केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको उल्लेख गर्दै जनताको साथ र सहयोगबाट सरकार सफल भएपनि यसका लागि अझै धेरै गर्न बाँकी रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस