Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बचत ऋण तथा समूह व्यवस्थापन तालिम सम्पन्न


९ चैत्र २०७३, बुधबार


डडेल्धुरा । सुआहारा कार्यक्रम अन्तरगत गठीत ग्रामीण नमुना कृषक समूहमा आवद्ध कृषकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरेको बचत ऋण तथा समूह व्यवस्थापन सम्बन्धि ५ दिने तालिम डडेल्धुरामा सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रमका बिच तालिम समापन गरिएको हो । तालिममा डडेल्धुरा जिल्लाका अशिग्राम, बेलापुर, कैलपालमाण्डौ, अमरगडी, अजयमेरु, समैची लगायतका गाविसबाट २० जना ग्रामीण नमूना कृषकहरुको सहभागीता रहेको थियो ।

यूएसएआईडीको आर्थिक स्रोतमा सञ्चालीत उक्त परियोजना अन्तरगत सुआहारा २ जिल्ला कार्यालय डडेल्धुराले तालिमको आयोजना गरेको थियो । तालिममा खेम मिश्र र अर्जुन बनले प्रशिक्षण दिएका थिए । तालिम समापनमा प्रशिक्षकहरुले सहभागीहरुलाई तालिममा सिकेका विषयलाई व्यवहारमा प्रयोगमा ल्याउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

महिला गर्भवती भएदेखि बच्चा जन्मिएको दुई बर्षसम्मको अवधिभरीका आमा र बच्चालाई पोषणयुक्त बनाउने उदेश्यले नेपालका ४० जिल्लामा उक्त परियोजना सञ्चालनमा छ । परियोजनाले गर्भवती भएदेखि बच्चा जन्मेको दुई बर्षको अवधिलाई सुनौला हजार दिनका रुपमा लिएको छ । यस अवधिमा आमा र बच्चालाई आवश्यक पोषणयुक्त बनाउन परियोजनाले महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाई छ ।

सुआहाराले ग्रामीण नमूना कृषक समूहरुको आर्थिक व्यवस्थापन गर्नेबारे तालिममा जानकारी गराएको थियो । समूहमा बचत कसरी गर्ने, ऋण प्रवाह तथा समूह व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी गराईएको आयोजकले जनाएको छ । समूह तथा समूहमा आवद्ध ग्रामीण नमूना कुषकको आर्थिक स्तर सुधार गर्नमा तालिमले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

सुआहाराले पोषणयुक्त खाद्यान्न उत्पादन, कुखुरापालन, अण्डा उत्पादन लगायतका कुराहरुमा विशेष जोड दिएको छ । उत्पादन गरिएका खाद्यान्न, कुखुरा र अण्डा खाने तथा बढी भएको विक्री गरि आम्दानी बढाउने तरिका सुआहाराले प्रदान गरेको ग्रामीण नमूना कृषक बिर्मा भट्राईले बताईन । सुआहारा अन्तरगत आवद्ध सबैको आर्थिक स्तर सुधार हुदैँ गएको उनको भनाई थियो । विस्तारै यहाँका महिला तथा बालबालिकामा कुपोषण हट्दै गएको सहभागीहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस