Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दक्षिण सुडानमा विमान दुर्घटना


८ चैत्र २०७३, मंगलबार


दक्षिण सुडान । दक्षिण सुडानको उत्तरपश्चिममा रहेको सहर वाउकोवाउ विमानस्थलमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको र विमानमा यात्रारत १४ जना घाइते भएको सुडानी अधिकारीले जनाएका छन् ।

अहिले भर्खर विमानस्थलबाट केही एम्बुलेन्स बाहिर आएका छन् र १४ जनालाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर तर स्थिर अवस्थामा रहेको अस्पतालले जानकारी गराएको दक्षिण सुडानका सूचना मन्त्री गाउ डेन्सिओले बताए ।

साउथ सुिप्रम विमानकम्पनीको विमान जुवाबाट वाउका लागि छुटेको थियो भने अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

“मेरो विचारमा चालकले मौसमको कारण विमानस्थलको धावनमार्गलाई राम्ररी देख्न नसकेकाले दुर्घटनाग्रस्त हुनपुगेको छ,” वाउ विमानस्थलका इन्जिनियर पर्ल चाल्र्सले बताए ।

अवतरणका समय धावनमार्गमा विमानबाट बाक्लो कालो मुस्लो निस्केको दृश्य स्थानीय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ । विमानको पछिल्लो केही भाग बाहेक सवै जलेर नस्टभएको छ ।

विमानमा कति यात्रु थिए र कसैको मृत्यु भएको वा नभएको भन्ने विषयमा विस्तृत विवरण प्राप्त भइनसकेको बताइएको छ ।

तर चिनियाँ समाचार संस्था सिन्ह्वाले विमानमा ४४ जना यात्रु रहेको बताइएको छ । विमानमा यात्रारत् सबैजनाको मृत्यु भएको आशङ्का गरिएको सिन्ह्वाद्वारा सम्प्रेशित प्रारम्भिक खवरमा जनाइएको छ । रासस÷एएफपी÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस