१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिफल दिने आयोजनामा लगानी गर्न ऊर्जा मन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ । ऊर्जा मन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिफल दिने गरी सरकारले जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको बताएका छन् ।

दक्षिण कोरियामा आज नेपाली समुदायसँग गरिएको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको हितमा नै ‘रेमिट हाइड्रो’को अवधारणा अगाडि सारिएको बताए ।

छिट्टै प्रतिफल दिने आयोजनामा लगानी गर्न सरकारले वैदेशिक रोजगारमा रहेका नेपालीलाई लगानीका लागि आग्रह गरिएको उल्लेख गर्दै उनले सुनकोसी, नलसिंहगाड, शारदा, माथिल्लो अरुण जस्ता आयोजनामा लगानी गर्न प्रेरित गरिएको स्पष्ट गरे ।

सरकारले प्रतिफल दिने र नाफाको सुनिश्चितता हुने आयोजनामा लगानीका लागि नेपाली नागरिकलाई आग्रह गरिएको र सरकारले प्रष्ट योजनाका साथ काम गर्नेमा जोड दिए । जलविद्युत् आयोजनालाई नै अगाडि बढाउने लक्ष्यका साथ सरकारले ‘नेपालको पानी जनताको लगानी’सम्बन्धी अवधारणा अगाडि सारेको भन्दै स्पष्ट भएर लगानी गर्न आग्रह गरे ।

योजनाबद्ध तवरले जलविद्युत् उत्पादनको प्रक्रिया सुरु गर्न सरकारले विद्युत् उत्पादन कम्पनी स्थापना गरेको तथा प्रसारण लाइन निर्माणलाई युद्धस्तरमा अगाडि बढाउन प्रसारण लाइन कम्पनी पनि स्थापना गरिएको जानकारी दिए ।

उनले विद्युत्भार कटौतीको अन्त्य गरेर नेपाली माझ एउटा उत्साह एवम् सकारात्मक वातावरण तयार पारिएको भन्दै एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति हुने भएकाले मन खोलेर लगानी गर्न नेपाली समुदायलाई आग्रह गरे ।

जलविद्युत् आयोजना अगाडि बढाउनका लागि सरकारले पहिलो चरणमा स्वदेशी लगानीलाई नै प्राथमिकतामा राखेको भन्दै मन्त्री शर्माले ठूला आयोजनामा विदेशी लगानी आकर्षित गरिने र मुलुकलाई सम्पन्न बनाइने स्पष्ट पारे ।

कस्तुरीले आफ्नै सुगन्ध खोज्न दौडिएजस्तै साधन र स्रोत भएर पनि सही उपयोग गर्न नसक्दा नेपाल पछाडि परेको भन्दै उहाँले राजनीतिक नेतृत्वले ध्यान दिने हो भने आगामी १५ वर्षमा उल्लेख्य सफलता हासिल गर्न सकिने धारणा राखे ।

कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली नागरिकले लगानीका विभिन्न आयाम, लगानी प्रक्रिया एवम् प्रतिफलको बारेमा मन्त्री शर्मासँग जिज्ञासा राखेको मन्त्री शर्माका निजी सचिव कृष्ण केसीले जानकारी दिए ।

मन्त्री शर्माले दक्षिण कोरियामा रहँदा त्यहाँका ऊर्जा मन्त्रीलगायत अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस