किङ खानलाई हक्कीको उपाधि « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

किङ खानलाई हक्कीको उपाधि


प्रशासन संवाददाता

६ चैत्र २०७३, आइतबार


काठमाडौं । डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले दोश्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा किङ खानले नेपाल आर्मी क्लबलाई ५–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गर्यो । विजयी टिमका लागि कप्तान अली खानले ह्याट्रिक गरे भने अली राजाले २ गोल गरे ।

गत संस्करणमा पनि किङ खान र आर्मीनै उपाधिका लागि भिडेका थिए । उपाधिसंगै किङ खानले ३० हजार र आर्मीले २० हजार नगद पुरस्कार हात पारे ।

नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबद्वारा आयोजित प्रतियोगितामा महेन्द्रनगरको हेल्प क्लब तेश्रो भयो । हेल्प क्लबले महेन्द्रनगरकै युनाइटेड क्लबलाई ४–३ गोलले हरायो । विजेताका भानु अग्रवाल र मितेश सिंहले २–२ गोल गरे । हेल्प क्लबले १० हजार नगदमा चित्त बुझायो ।

विजेतालाई मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, नेपाल हक्की संघका महासचिव अनिल शर्मा, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष रञ्जन थापालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । एकदिने प्रतियोगितामा किङ खान, हेल्प क्लब, युनाइटेड क्लब, आर्मीसहित द जनकपुर क्लब, पोखरा हक्की क्लब, वीरगन्ज हक्की क्लब र मकवानपुर हक्की क्लब गरी ८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस