Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भारतद्वारा नेपालको राष्ट्रियतामाथि प्रहारः नेता मैनाली


६ चैत्र २०७३, आइतबार


भक्तपुर । नेकपा (माले)का महासचिव सिपी मैनालीले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते नै हुनुपर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले सनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले कुनै पनि बहानामा अब निर्वाचनलाई पर धकेल्न नहुने बताउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने बताए ।

मधेसमा मधेसवादी दलले निर्वाचनमा अवरोध पु¥याए खण्ड–खण्ड गरेर भए पनि निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो ।

उनले मधेसी मोर्चासँग निरन्तर संवाद र छलफल चलाएर निर्वाचनमा सहभागी गराउन सरकारले भूमिका खेल्नुपर्ने औँल्याउँदै मधेसी मोर्चाले राखेको संविधान संशोधनको प्रस्ताव संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भएकाले पारित भने गर्न नसकिने बताए ।

उनले सुगौली सन्धिदेखि नै भारतले नेपालको राष्ट्रियतामाथि पटक पटक प्रहार गर्दै आइरहेको आरोप लगाउँदै भारतीय सुरक्षाकर्मीद्वारा कञ्चनपुरमा नेपालीमाथि गोली प्रहार गरी भएको हत्यासम्म आइपुग्दा यसको पुष्टि भएको बताए ।

पछिल्लो समयमा भारतकै इशारामा मधेसवादी दलले नेपालीको प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहेको उनको भनाइ थियो ।

महासचिव मैनालीले भने–“नेपाल र भारतबीचको सुगौली सन्धिदेखि नेपालको गणतान्त्रिक संविधान जारी हुँदा भारतले गरेको नाकाबन्दी हुँदै नेपाली नागरिकमाथि गोली प्रहार गर्नेसम्मका कार्य गरेर भारतले नेपालको राष्ट्रियतामाथि पटक पटक प्रहार गर्दै आएको छ, उतैको इशारामा मधेसवादी दलले नेपालीको प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहेका छन् ।”

यस्ता खतराबाट देशलाई जोगाइराख्ने चुनौती आएको बताउँदै उनले दलहरु मिलेर यस्ता चुनौतीको सामना गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस