पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेस


४ चैत्र २०७३, शुक्रबार


काठमाडौँ। रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले मोस्कोस्थित ग्राण्ड क्रेमलिन दरबारमा बिहिवार आयोजित एक समारोहबीच त्यहाँका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिन समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरे ।

समारोहमा राजदूत घिमिरेले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी महासङ्घको निरन्तर प्रगति र समृद्धिको कामना गर्नुभएको सन्देश प्रदान गरेका थिए ।

राष्ट्रपति पुटिनले घिमिरेको स्वागत गर्दै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गगरेको नेपाली राजदूतावास मस्कोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस