Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्रः ओली


३ चैत्र २०७३, बिहिबार


धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताएका छन् ।

एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा बिहीवार भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन नभइकन निर्वाचन हुन सक्दैन भनी संविधान संशोधनको नाटक रचिएको आरोप लगाए । उनले भने, “निर्वाचन र संविधान संशोधनको कतै कुनै साइनो छैन, निर्वाचन गर्ने कुरासँग संशोधनको कुनै सम्बन्ध छैन ।”

नेपाली परनिर्भर नभई आत्मनिर्भर र स्वतन्त्र भई देशलाई समृद्धिको बाटामा डोर्याउनुपर्नेमा जोड दिँदै ओलीले देशलाई फेरि पनि गरिबै राख्ने, अगाडि बढ्न नदिने, सम्पन्न हुन नदिने प्रयास निर्देशित रुपमा भइरहेको बताए । उनले देशमा शान्ति छाउन नदिने, संविधान बन्न नदिने, संविधान बनेपछि कार्यान्वयन हुन नदिने प्रयास भइरहेको जनाउँदै चिन्ता व्यक्त गरे ।
उपाध्यक्ष वामदेव गौतमले सप्तरी जिल्लामा हत्याकाण्ड गराएर एमालेलाई बद्नाम गर्न चाहनहरु आफैँ बदनाम भएको बताए । अर्का उपाध्यक्ष भीमबहादुर रावलले तराई, पहाड र हिमालका जनताले एकता चाहेको उल्लेख जनतालाई टुटाउने र विभाजित गरेर बाह्य हस्तक्षेप निम्त्याउने षड्यन्त्र भएको भन्दै देशमा सफल हुन नदिइने बताए । “एमालेले भारत, चीन, अमेरिका सबै देशसँग राम्रो सम्बन्ध चाहेको छ तर नेपालको स्वाधीनतालाई झुकाउने, बाह्य हस्तक्षेप निम्त्याउने कुरालाई अस्वीकार गर्छ, ” उनले भने । रासस

प्रतिक्रिया दिनुहोस