३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना

अ+ अ-

काठमाडौँ । जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)को संयुक्त सञ्चालनमा स्थानीय रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ ।

धुलोका कण तथा ग्यास, डिजेल, पेट्रोल, दाउरा, गुइँठा बाल्दा आउने धुवाँको मात्र के कति छ भन्नेबारे सजिलै थाहा पाउन उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन गर्दै मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले विश्वमा नै प्रदूषणको समस्या रहेको सो यन्त्रबाट धुलो र धुवाँको मात्र कहाँ कति मात्रामा छ भन्ने सजिलै थाहा पाउन सकिने बताए ।

इसिमोडका महानिर्देशक डेभिड मोल्डनले नयाँ प्रविधिअनुसार नेपाल सरकारसँग मिलेर आफ्नो संस्थाले विभिन्न क्षेत्रमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको जानकारी दिए ।

इसिमोडको सहयोगमा हाल रत्नपार्क, पुल्चोक, धुलिखेल,सौराहा र लुम्बिनीमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भइसकेको छ । नेपालका लागि अमेरिकी राजदूतावास, कान्तिपथ र महाराजगन्जमा पनि ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना गरिएको छ । इसिमोडको प्राविधिक सहयोगमा राजदूतावासमा केन्द्र निर्माण गरिएको हो ।
सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजले नेपालमा वातावरणीय सहकार्यमा अमेरिकाले लामो समयदेखि साथ दिएको बताउँदै आगामी दिनमा पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरिन् । रासस

प्रतिक्रिया दिनुहोस