कोरियामा क्रिकेट क्लव गठन « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

कोरियामा क्रिकेट क्लव गठन


प्रशासन संवाददाता

१ चैत्र २०७३, मंगलबार


काठमाडौँ । कोरियामा रहेका नेपालीहरुले क्रिकेट क्लवको स्थापना गरेका छन । क्लवको नाम नेपाल राइनो राखिएको छ । त्यहाँ रहेका नेपालीहरु आफु व्यस्त रहँदारहँदै पनि नेपालको प्रचार खेल माध्यमबाट गराउनको लागि आफूहरुले क्लव गठन गरेको उनीहरुले बताएका छन् ।
क्रिकेट खेल क्षमतामा बृद्धि गर्न भन्दै सन २०१५ तिरै क्लवको स्थापना भएपनि खेलहरु नियमित नहुँदा क्लव निष्कृय रहेको थियो । पछिल्लो समय उनीहरुले कोरियामा नेपालबाट क्रिकेटको उपस्थिती जनाउन महिनाको चार दिन नियमित खेल हुने कोरियाबाट टिमका एक सहभागी प्रकाश भट्टराईले जानकारी दिए । उनले अहिले कोरियामा नेपालसहित कोरियन, पाकिस्तानी, श्रीलंकन र बंगलादशी क्लव सक्रिय रहेको बताए । नेपाली क्लवले अहिले नियमित अभ्यास गरेको उनले बताए । आगामी मे देखी हुने टु ट्वान्टी र सुपर सिक्स प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाउने छ ।

प्रतिक्रिया दिनुहोस