संविधान संशोधनका बारेमा सहमतिमा आउन सरकारको एमालेसँग आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संविधान संशोधनका बारेमा सहमतिमा आउन सरकारको एमालेसँग आग्रह


प्रशासन संवाददाता

३० फाल्गुन २०७३, सोमबार


काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संविधान संशोधनका बारेमा सहमतिमा आउन आग्रह गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ भएको भेटवार्तामा एमालेका अध्यक्ष केपी शर्मासँग स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र सबैलाई मिलाएर लैजानुपर्ने अवस्था भएका कारण सहमतिका लागि अनुरोध गरे ।
अध्यक्ष ओलीले भने निर्वाचनमा केन्द्रित हुन सरकार र प्रधानमन्त्री दाहाललाई अनुरोध गरे । प्रधानमन्त्रीको आग्रह सकारात्मक भए पनि संविधान संशोधन प्रस्तावमा सहमति जनाउन एमालेले नसक्ने धारणा ओलीले राखेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले छलफल निरन्तर अगाडि बढाउने समझदारी पनि दुई नेताबीच भएको स्पष्ट गरे ।

एमालेद्वारा आयोजित मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कपिलवस्तुको आमसभा छाडेर ‘महत्वपूर्ण भेटघाटका लागि’ एमाले अध्यक्ष ओली सोमवार मात्रै काठमाडौं आएका हुन् । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच करिब डेढ घन्टा कुराकानी भएको र मुलुकलाई समाधान दिन प्रयासरत रहने सहमति भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस