Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

फिलिपिन्समा फेरि शान्तिवार्ता हुने


प्रशासन संवाददाता

२९ फाल्गुन २०७३, आइतबार


मनिला(एजेन्सी) । फिलिपिन्सको सरकार र ४८ बर्षदेखि विद्रोह गरिरहेको कम्युनिस्ट पार्टीका बीचमा शान्तिवार्तालाई फेरि अगाडि बढाउने सहमति भएको छ ।

फिलिपिन्सको राष्ट्रपतिका शान्ति प्रक्रिया सम्वन्धि सल्लाहकार जेसुस डुरेजाले अप्रिलको पहिलो हप्ता शान्तिवार्ता सुरु गर्नुभन्दा अगाडि दुवै पक्षबाट युद्धविराम गर्ने सहमति पनि भएको जानकारी दिएका छन् ।

आफ्नो फेसबुक पेजमा उनले लेखेको वक्तव्यमा चाँडोभन्दा चाँडो त्यसका लागि एक अर्कालाई जानकारी गराउने सहमति भएको पनि उल्लेख गरिएको छ ।

“म खुसी व्यक्त गर्न चहान्छु कि, फिलिपिन्स सरकार र कम्युनिस्ट पार्टीका बीचमा शान्तिवार्ता गर्ने सहमति भएको छ, योसँगै अवस्था फेरि सही बाटोमा फर्किएको छ,” डुरेजाले लेखेका छन् ।

दुवै पक्षले पाचौं चरणको औपचारिक शान्तिवार्ता आउँदो जुनमा गर्ने सहमति समेत गरेका उनले जानकारी दिए ।

उनले उनीहरूसँग अनौपचारिक शान्तिवार्ता भने सरकारले मार्च १० र ११ तारिखमै नेदरल्याण्डको उट्रेचमा गरेको बताए ।

सरकारले सन् १९६९ देखि विद्रोह अन्त्य गर्ने प्रयास गरिरहेको थियो । सन् १९८० को दशकमा फिलिपिन्सको द्वन्द्व शिखरमा पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस