वालिङका मासु पसलको अनुगमन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वालिङका मासु पसलको अनुगमन


२७ फाल्गुन २०७३, शुक्रबार


वालिङ । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा रहेका मासु पसलको विहिबार अनुगमन गरिएको छ ।

इलाका प्रशासन कार्यालय वालिङको अगुवाइमा गरिएको मासु पसल अनुगमन क्रममा मूल्यमा एकरुपता नभएको, मूल्यसूची टाँस नगरिएको, बिना दर्ता पसल सञ्चालन गरिएको पाइएको र काट्ने ठाउँको सरसफाइ गर्नका लागि सुझाव दिइएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए ।

“अहिले व्यवसायीमा देखिएका कमीकमजोरीलाई सुधार गर्नका लागि सुझाव दिएका छौँ”, शर्माले भने, “फेरि केही समयपछि छड्के अनुगमन गर्छौं र सुधार नभएमा प्रचलित कानुनअनुसार कारबाही हुनेछ ।”

“वालिङ नगरभित्रका मासु पसलमा मूल्य एकरुपता छैन”, वालिङ मासु व्यवसायी सङ्घका अध्यक्ष खेमराज गौडेलले भने, “मासु व्यवसायी सङ्घले तोकेको मूल्यमा बिक्री–वितरण नगर्ने मासु पसललाई कारबाही गर्नेछौँ ।”

मासु व्यवसायी सङ्घका अध्यक्ष गौडेलका अनुसार अहिले खसीको मासु प्रतिकिलो सात सय, कुखुराको तीनसय ८०, राँगा तीनसय ९०, भैँसी तीनसय ८०, बाख्री चारसय ५० र बङ्गुरको तीनसय ६० रुपैयाँ तोकिएकोे छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस