जाजरकोटमा बस दुर्घटना, मृतकको संख्या २२ पुग्यो « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

जाजरकोटमा बस दुर्घटना, मृतकको संख्या २२ पुग्यो


प्रशासन संवाददाता

२६ फाल्गुन २०७३, बिहिबार


जाजरकोट । जाजरकोटको सदरमुकामबाट साल्मा–५ खारातर्फ गइरहेको ना३ख २२७९ नंको यात्रुवाहक बस बिहीवार अपरान्ह दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ ।
भेरीमालिका नगरपालिका–४ पासागाड खोलामा भएको दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई जिल्ला अस्पतालमा ल्याइएको छ । त्रिचालिस यात्रु सदरमुकामबाट गएको चलानी पुर्जीमा उल्लेख छ ।
बस ४०० मिटर भन्दा अग्लो भिरबाट खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार जारी छ । रासस

प्रतिक्रिया दिनुहोस