राप्रपा अध्यक्ष कमल थापा सरकारमा सहभागी हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राप्रपा अध्यक्ष कमल थापा सरकारमा सहभागी हुने


प्रशासन संवाददाता

२६ फाल्गुन २०७३, बिहिबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराउने भएको छ ।

पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष थापाले उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने जानकारी दिए ।

सोही पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

अहिले साँझ ६ बजे शपथ गराइने श्रेष्ठले जानकारी दिए । यसअघि सो पार्टीका तर्फबाट दीपक बोहरा र विक्रम पाण्डे अहिलेको मन्त्रिपरिषद्मा सहभागी छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस