मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


प्रशासन संवाददाता

२५ फाल्गुन २०७३, बुधबार


बस दुर्घटना

धनगढी । कैलालीको भजनी त्रिशक्ति नगरपालिका–७ टेकीपुरमा मंगलवार राति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी बाजुरा घर भई इप्रका भजनीमा कार्यरत २७ वर्षीय अशोककुमार शाही र टीकापुरका २७ वर्षीय हिरासिं ठकुरीको मृत्यु भएको इप्रका भजनीका प्रहरी निरीक्षक हिरासिं महराले जानकारी दिए । मृतकहरु काका–भतिजा भएको बताइएको छ ।

शाहीले चलाएको से ४ प ७१६५ नं को मोटरसाइकल सडक छेउको खम्बासँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस