Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एमालेका शीर्ष नेताको उत्तेजक अभिव्यक्ति सप्तरी घटनाको कारकः मधेसी मोर्चा


प्रशासन संवाददाता

२३ फाल्गुन २०७३, सोमबार


काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमवार दिउँसो सप्तरीमा भएको घटनाप्रति भत्र्सना गरेको छ ।

सोमवार बेलुका सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आकस्मिक बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले दमनकारी कार्य गरी सञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर लाल मण्डल र आनन्द साहलाई गोली हानेर हत्या गर्नुका साथै दर्जनौंलाई घाइते बनाएको घटनाप्रति मोर्चाले घोर निन्दा एवम् भत्र्सना गर्दछ मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– “ यस्तो घटनाले मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको समेत उल्लङ्घन गर्ने कार्य भएको छ, राज्य पक्षबाट हुने यस्तो गैर लोकतान्त्रिक एवम् अमानवीय हिंसात्मक कार्यको मधेसी मोर्चा घोर निन्दा एवम् भत्र्सना गर्दछ ।”

त्यसैगरी मोर्चाले घाइते भएकाको तत्काल स्वास्थ्योपचारका साथै हत्यामा दोषी रहेकालाई तुरुन्त कारबाही गर्नुपर्ने मागसमेत गरेको छ ।

बैठकले नेकपा एमालेका केही शीर्ष नेताले मधेस र मधेसीविरुद्ध गैर जिम्मेवार, भड्काउपूर्ण एवम् उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व रहेको ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।

“मधेसमा भइरहेको हिंसा, हत्याको विरोधमा यही फागुन २४ र २५ गते दुई दिन मधेस बन्द गर्ने निर्णय गरेको”– विज्ञप्तिमा भनिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस