आइजिपी नियुक्ति प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेशलाई निरन्तरता « प्रशासन
prasaLogo
१८ श्रावण २०७८, सोमबार
   

आइजिपी नियुक्ति प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेशलाई निरन्तरता


प्रशासन संवाददाता

१८ फाल्गुन २०७३, बुधबार


काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपी नियुक्तिबारे तीनदिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबाहदुर केसीको संयुक्त इजलाशले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिंदै लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो । आइजिपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयमा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

उक्त प्रकरणमा अधिवक्ता कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस