Logo ५ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेस केन्द्रीय समिति बैठक बोलाउन पौडेल पक्षको माग


प्रशासन संवाददाता

१४ फाल्गुन २०७३, शनिबार


काँग्रेस

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक तत्काल बोलाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले माग गरेका छन् ।
महाराजगन्जस्थित महामन्त्री डा शशाङ्क कोइरालाको निवासमा शनिवार बसेको केही नेताहरुको बैठकले पार्टी केन्द्रीय समिति बैठक बोलाउन माग गरेको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए ।

बैठकले सरकार सञ्चालन, भ्रातृ संस्था परिचालन, संविधान संशोधन र स्थानीय निकायको निर्वाचनका विषयमा छलफल गर्न अविलम्ब केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई लिखितपत्र बुझाउने निर्णय गरेको थियो ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवलगायत केन्द्रीय सदस्यको उपस्थिति थियो । संविधान संशोधनमार्फत मधेस समस्या समाधान गरी तीन तहको निर्वाचन गराउन व्यवस्थापिका–संसद्को ठूलो दलको नाताले नेतृत्वदायी भूमिका निर्वाह गर्न छिटो बैठक बोलाएर छलफल गरी ठोस निर्णय लिइनुपर्ने विषय पत्रमा उल्लेख छ ।

बैठकमा सरकार सञ्चालन, स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत महत्वपूर्ण विषयमा केन्द्रीय समितिमा छलफल नगरी पार्टी नेतृत्वले गरेको गतिविधिप्रति उपस्थित केन्द्रीय सदस्यले असन्तुष्टि व्यक्त गर्नुभएको बताइएको छ । पत्र शनिवारै सभापति देउवालाई बुझाइएको वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस