कुनै कारणले निर्वाचन रोकिंदैनः देउवा « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

कुनै कारणले निर्वाचन रोकिंदैनः देउवा


प्रशासन संवाददाता

१४ फाल्गुन २०७३, शनिबार


बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

शनिवार बुटवलमा बिपी स्मृति भवनको उद्घाटन तथा बिपी स्मृति स्मारिका विमोचन गर्दै सभापति देउवाले अब कुनै पनि कारणले निर्वाचन नरोकिने भन्दै निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए ।

सभापति देउवाले काँग्रेस मात्रै सबैलाई मिलाएर अगाडि बढ्न सक्ने पार्टी भएको दाबी गरे । डर, त्रास भयमुक्त समाज निर्माण गर्न र जनतालाई अधिकार सम्पन्न गराउन काँगे्रस लागिपरेको उनको भनाइ थियो ।

कार्यक्रममा काँगे्रस नेता तथा रक्षामन्त्री बालकृष्ण खाँणले सबैका माग सम्बोधन गरेर भए पनि समयमा निर्वाचन हुने र त्यसका लागि सबै नेता कार्यकर्तालाई निर्वाचनमा होमिन आग्रह गरे ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सम्भावना र चुनौतीका बीचमा मुलुक रहेको र संविधानको स्वीकार्ययता बढाउँदै मुलुकको विकासमा लाग्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस