संविधान कार्यान्वयनका लागि निर्वाचन महत्वपूर्ण खुड्किलो– अध्यक्ष गच्छदार « प्रशासन
Logo २० मंसिर २०८०, बुधबार
   

संविधान कार्यान्वयनका लागि निर्वाचन महत्वपूर्ण खुड्किलो– अध्यक्ष गच्छदार


१२ फाल्गुन २०७३, बिहिबार


मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहिवार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको समयभित्रै परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित गरी मधेसी, थारु र आदिवासीको अधिकार सुनिश्चित गर्नुपर्ने सुझाव दिए ।

उनले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराएर निर्वाचनलाई सफल बनाउनुपर्ने अन्यथा मधेसी मोर्चाबाहेकको निर्वाचन नाम मात्रको निर्वाचन हुनेतर्फ सचेत गराए । रासस

प्रतिक्रिया दिनुहोस