चारवर्षीय बिबिएस दोस्रो परीक्षाफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चारवर्षीय बिबिएस दोस्रो परीक्षाफल


११ फाल्गुन २०७३, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार–साउनमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको चारवर्षीय बिबिएस दोस्रो वर्षको परीक्षाको परीक्षाफल बुधवार प्रकाशन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत काम गर्ने क्रमाङ्क नं। ७०३९०८४३ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np  मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस