भूकम्पपीडित भन्छन्, टहराको बास कहिलेसम्म ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भूकम्पपीडित भन्छन्, टहराको बास कहिलेसम्म ?


११ फाल्गुन २०७३, बुधबार


काभ्रे । काभ्रे महादेवस्थान नगरपालिका– ७ कुन्ताका रामप्यारी राई दनुवारले भूकम्पपछि ऋण गरेर श्रीमान्को मुटुको शल्यक्रिया गराइन् । भूकम्पबाट घाइते सासूको उपचार जारी छ । भएको सम्पत्ति श्रीमान् र सासूको उपचारमा सकिएपछि उनले अहिलेसम्म घर निर्माण गर्न सकेकी छैनन् ।

रामप्यारीका श्रीमान् हीरा पहिलेदेखि नै मुटुका रोगी थिइन् । उनका सासूलाई बाथ रोगका कारण बाहिरभित्र गर्न बैसाखीको सहारा चाहिन्छ । त्यसैले घरको सम्पूर्ण जिम्मेवारी रामप्यारीको काँधमा छ ।

“जेठी छोरी अपाङ्ग भएका कारण घरमै थन्किएकी छिन, छोरा र छोरी पढाउने जिम्मेवारी पनि मेरै काँधमा छ,” उनले पीडा सुनाइन् । भूकम्पपछि उनको घर पूर्णरुपमा क्षति भइसकेको छ । सासूले आँखा देख्न नसक्ने भएपछि उनी आफैंले डोहोर्याएर भित्रबाहिर गराउँदै आएकी छन् ।

“टहरामा निकै चिसो हुन्छ, रातभर लगलग कामेर बस्छु,” रामप्यारीकी सासूले भनिन्– “टहराको बास कहिलेसम्म ?” बुहारीले ऋण गरेर ल्याएको पालले बेरिएको टहरामा बस्दै आएको उनी बताउँछिन् । “सासूकै इच्छा पुरा गर्न नयाँ घर निर्माण गर्ने योजना बनाएका छौँ,” रामप्यारीले भनिन् । सरकारले उपलब्ध गराएको ५० हजारले नयाँ घर बनाउन सम्भव छैन । जग्गा धितो राखेर ऋण निकाल्न खोजेपनि नपाएपछि उनको नयाँ घर निर्माण गर्ने योजना अधुरै रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस