Logo ५ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचन मिति घोषणा हुनु स्वागतयोग्य– नेता खनाल


१० फाल्गुन २०७३, मंगलबार


इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन मितिको स्वागत गरेका छन् ।

इलामको साँखेजुङस्थित बञ्चरे गोलाइमा जापानी राजदूतावासको सहयोगमा स्तरोउन्नति गरिएको सडकको मंगलवार उद्घाटन गर्दै संविधान कार्यान्वयनका लागि सरकारले घोषणा गरेको निर्वाचन मिति स्वागतयोग्य रहेको बताए ।

उनले भने, “तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्छ,’ अब मुलुक निर्वाचनतर्फ उन्मुख भएकाले स्थानीय निकायको निर्वाचन सफल पार्न सबैले सहयोग गर्नुपर्छ ।”

उनले भने, “वैशाख ३१ गते निर्वाचन सम्पन्न गरेर आगामी माघ महिनामा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ, त्यसका लागि एमाले कटिबद्ध भएर अघि बढ्छ ।”

जापानी राजदूतावासको करिब एक करोडको लगानीमा बञ्चरे गोलाइबाट दुई किलोमिटर सडकको स्तरोन्नति भएको हो । रासस

प्रतिक्रिया दिनुहोस