वैशाखभित्रै निर्वाचन गर्नुपर्ने काँग्रेसको माग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वैशाखभित्रै निर्वाचन गर्नुपर्ने काँग्रेसको माग


प्रशासन संवाददाता

८ फाल्गुन २०७३, आइतबार


काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने माग गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतवार बसेको पार्टीका शीर्ष नेता एवम् पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीसम्मिलित बैठकले वैशाखभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने निर्णय गरेको हो ।
बैठकले सबै दलसँगको सहमतिमा तत्काल निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कुनै पनि बहानामा निर्वाचन सार्न वा वैशाख महिना नाघ्न नहुने निर्णय गर्दै बैठकले आवश्यक कानुन बनिसकेको अवस्थामा स्थानीय तहको नै निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको उनले बताए ।

आइतवारै बिहान काँग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच भएको बैठकले सोमबार निर्वाचनको मिति घोषणा गर्ने सहमति गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस