भारतीय नागरिक मृत भेटिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय नागरिक मृत भेटिए


८ फाल्गुन २०७३, आइतबार


भीमदत्तनगर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– १० नेपाल–भारत सीमा नजिक आइतवार एक भारतीय नागरिक मृत भेटिएका छन् ।

भारत उत्तर प्रदेशको पिलिभित घर भएका ५६ वर्षीय विजयकृष्ण हिरा मृत भेटिएका हुन् । उनी दोधारा–चाँदनीको बाबाथान बजारमा १५ वर्षदेखि स्वास्थ्य क्लिनिक सञ्चालन गरी बस्दै आएका थिए । शनिबार साँझ क्लिनिक बन्द गरेर घर हिँडेका हिरा आइतबार मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक नैनसिँह कार्कीले जानकारी दिए ।

शरीरमा निलडाम रहेकाले उनको हत्या गरिएको आशंका गरिएको छ । उनको शव परिक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस