Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बैतडीको मल्लादेहीमा फलाम खानी


प्रशासन संवाददाता

६ फाल्गुन २०७३, शुक्रबार


बैतडी । खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेको छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रमा फलाम रहेको पुष्टि भएको अध्ययन टोलीमा संलग्न भूगर्भविद् सन्तोष ढकालले जानकारी दिएका छन् ।

“सयौँ वर्ष पहिले पनि फलाम निकालिएको पाँचसयभन्दा बढी खाल्डा छन्”, उनले भने, “रातो रातो रङ्गको चटटनमा चुम्बक राख्दा फलाम तानिएकाले त्यहाँ फलाम रहेको पुष्टि हुन्छ ।” सयौँ वर्ष पहिले फलाम निकाल्ने गरेको र ती खाडल आठदेखि १० मिटर गहिराइमा रहेका समेत उनले बताए । “खाल्डो पुरिन थालेका छन्”, भूगर्भविद् ढकालले भने, “बाहिरी आँखाले नदेखिने भएकाले थप अध्ययन गर्ने तयारी भएको छ ।”

“खाल्डो पुरिन थालेका छन्”, भूगर्भविद् ढकालले भने, “बाहिरी आँखाले नदेखिने भएकाले थप अध्ययन गर्ने तयारी भएको छ ।”

दुई दिनको प्रारम्भिक अध्ययनपछि फलाम खानी भएको प्रमाणित गरेर त्यस क्षेत्रको अन्य चट्टानको अध्ययनमा टोली लागेको विभागका अर्का भूगर्भविद् प्रकाश पोखरेलले बताए । “एक किलोमिटर क्षेत्रमा सयौँको सङ्ख्यामा रहेका खाडल आधा पुरिएका छन्”, उनले भने, “पहिले फलाम निकाल्न प्रयोग भएका धेरै खाडल अहिले प्रयोगविहीन अवस्थामा छन् ।”

खानी विभागले विभिन्न चरणका अध्ययन गर्ने लक्ष्य लिएकाले अर्को वर्ष यस क्षेत्रको जमिनमुनिको फलामको मात्रा पनि थाहा हुने दाबी गरेको छ । ती खाल्डाबाट आजभन्दा पचास वर्षअघि सम्म बैतडीको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना, हातैले उत्खनन गरेर फलाम उत्पादन गरिएको भूगर्भविद पोखरेलले बताए । उनले भने, “बाजेको पालाका त्यही खानीबाट निकालेको फलामबाट बनेका भाँडाहरु भेट्टिए ।” उत्तरपट्टि फर्केको पाटोमा खानी रहेको बताउँदै भूगर्भविद पोखरेलले अध्ययनका क्रममा अल्याडी क्षेत्रमा एक ठाउँमा देखापरेको चट्टानमा फलाम खानी रहेको र बैतडीमा यस्ता धेरै खानी हुन सक्ने समेत बताए ।

उत्तरपट्टि फर्केको पाटोमा खानी रहेको बताउँदै भूगर्भविद पोखरेलले अध्ययनका क्रममा अल्याडी क्षेत्रमा एक ठाउँमा देखापरेको चट्टानमा फलाम खानी रहेको र बैतडीमा यस्ता धेरै खानी हुन सक्ने समेत बताए ।

खानी विभागको टोली त्यही ठाउँमा शिविर बनाएर दुई दिन बस्यो र फलाम खानीको अध्ययन अघि बढाएको हो । भूगर्भविदले यो क्षेत्रमा खानी रहेको प्रमाणित भएपनि कच्चा पदार्थको मात्रा कति छ भन्ने अर्को विस्तृत अध्ययनपछि मात्र थाहा हुने बताएका छन् । खानी विभागले विभिन्न चरणका अध्ययन गर्ने लक्ष्य लिएकाले चैत महिनासम्म पुनः यस क्षेत्रको जमिनमुनिको फलामको मात्रा पनि थाहा हुने भूगर्भविद्ले दाबी गरेका छन् ।

आजभन्दा झन्डै पचास वर्षअघिसम्म बैतडीको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना, हातैले उत्खनन गरेर फलाम उत्पादन गरिएको कुरा अहिलेसम्म सुन्नमा मात्रै आएको थियो । त्यही खानीबाट उत्खनन गरेको फलामबाट निर्मित केही घरेलु प्रयोजनका सामग्री देख्न पाइए पनि त्यसको ठोस प्रमाण केही थिएन । तर खानी तथा भूगर्भ विभागले केही दिनअघि गरेको अध्ययनपछि मल्लादेहीमा फलाम खानी रहेको प्रमाणित भएको छ ।

विस्तृत अध्ययन हुनुपर्ने माग
झट्ट हेर्दा कुनै विद्रोही समूहको बङ्करजस्तै अनुमान गर्न सकिने ती गहिरा खाडल त्यही खाडल हुन् जहाँबाट सयौँ वर्षअघि स्थानीयवासीले फलामको धाउ निकाल्ने गर्दथे । जताततै खाल्डाखुल्डी देखिन्छन् । त्यहाँ ठूला खाल्डा खनिएका छन् ।
जयपृथ्वी बहादुरसिंह राजमार्गअन्तर्गत बैतडीको ढोल्यामोडबाट पुरचौडी हाट जाने कच्ची सडक हुँदै १७ किलोमिटर हिँडेपछि कोटिलाको रुइनचौर पुगेपछि पश्चिम हुँदै त्यहाँको प्रसिद्ध डिलासैनी मन्दिरलाई दायाँ पार्दै दक्षिणतर्फ लाग्यो भने एक घन्टामा मल्लादेहीमा रहेको उक्त फलाम खानीमा पुग्न सकिन्छ ।

स्थानीय बासिन्दाले पनि लामो समयदेखि फलामखानीको अध्ययनका लागि खानी विभागलाई गुहार्दै आएका थिए । अहिले आएर खानी तथा भूगर्भ विभागले प्रारम्भिक अध्ययन गरेको हो । खानी विभागको अध्ययनपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् भने प्रारम्भिक अध्ययन मात्रै नभएर यसको विस्तृत अध्ययन हुनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ ।

“त्यसै खाल्डोबाट घरायसी हतियारले फलाम निकालेर हँसिया, बाउसो बनाएको अझै आफूलाई सम्झना छ”, उनले भने, “त्यही खानीबाट निकालेको फलाम मेरो घरमा अझै पनि छ ।

मल्लादेही–१ का रामबहादुर बोहराले त्यही खाल्डोबाट आफ्ना बाबुबाजेले फलाम निकालेको बताए । “त्यसै खाल्डोबाट घरायसी हतियारले फलाम निकालेर हँसिया, बाउसो बनाएको अझै आफूलाई सम्झना छ”, उनले भने, “त्यही खानीबाट निकालेको फलाम मेरो घरमा अझै पनि छ ।

पुरचौडीको मल्लादेहीमा रहेको यो फलामखानीबारे पटकपटक आवाज उठाउँदै आएपनि यसका बारेमा खासै सुनुवाइ नभएको स्थानीयवासी जयबहादुर धामीले बताए । “यस खानीको विस्तृत अध्ययन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रको आर्थिक सम्मृद्धिका लागि यो खानी सञ्चालनमा आउनुपर्छ”

खानी तथा भूगर्भ विभागको एक टोलीले बैतडीको जमाडीगाड र सुर्नयागाड नदी क्षेत्रलगायत मल्लादेही, कोटिला, भूमिराज, कुवाकोट, विजयपुर, शङ्करपुरमा भौगर्भिक सर्वेक्षण गरेको छ ।

भौगर्भिक सर्वेक्षणपश्चात् प्रारम्भिक प्रतिवेदन भूगर्वविद्ले खानी तथा भूगर्भ विभागमा बुझाउने भएका छन् । प्रारम्भिक प्रतिवेदन बुझाइसकेपछि भूगर्भविद्को टोली एक महिनापछि चैतमा फेरि भौगर्भिक सर्वेक्षणका लागि बैतडी आउने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस