३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई सहयोगको प्राथमिकताको सूचीमा समावेश गर्न आग्रह

अ+ अ-

काठमाडौँ । हाल युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले लक्जम्बर्गका प्रधानमन्त्री ज्याभियर बेटेलसँग बिहिवार उनको कार्यकक्षमा भेटी लक्जम्बर्गले उपलब्ध गराउने अन्तर्राष्ट्रिय सहयोगको प्राथमिकता सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गरेका छन् ।

मन्त्री डा. महतले आगामी दिनमा पनि नेपाललाई विशेषगरी पूर्वाधार निर्माण, सीप विकास र पुनःनिर्माणका क्षेत्रमा थप सहयोगका लागि आग्रह गरे । उक्त आग्रहपछि प्रधानमन्त्री बेटेलले नयाँ दिल्लीमा रहेको लक्जम्बर्ग दूतावास र बेल्जियममा रहेको नेपाली दूतावासमार्फत सो प्रक्रिया अगाडि बढाउने र नेपाललाई पनि सहयोगको प्राथमिकताको सूचीमा राख्नेबारेमा पुनःविचार गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री बेटेलले नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने र थप सहयोगका क्षेत्रको विस्तारमा पनि आफूहरु सकारात्मक रहेको जानकारी दिए ।

हालसम्म लक्जम्बर्गले नेपाललाई युरोपेली सङ्घ र विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थामार्फत विशेषगरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

मन्त्री डा. महत तथा लक्जम्बर्गका विदेशमन्त्री जिन असलबर्न र अन्तर्राष्ट्रिय विकासमन्त्री रोमेन सिडरसँग आजै भएको द्विपक्षीय भेटमा मन्त्री डा. महतले नेपालमा लगानीको क्षेत्र विस्तारका साथै नेपालको बृहत्तर विकासमा सहयोगका लागि आग्रह गरेका थिए । मन्त्री डा. महत आज नै बेल्जियमबाट लक्जम्बर्ग पुग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस