काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका नवनियुक्त तीन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनीहरूलाई बिहिवार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयुक्तको पदमा नियुक्त गरी सपथ गराएकी हुन् । रासस