धनगढी प्रिमियर लिगको तयारी तिव्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनगढी प्रिमियर लिगको तयारी तिव्र


५ फाल्गुन २०७३, बिहिबार


काठमाडौं । चैत ५ देखि १९ गतेसम्म कैलालीको आयोजना गर्न लागिएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको तयारी तिव्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।

धनगढी क्रिकेट एकेडेमी (डिसीए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को सयुक्त आयोजनामा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपीएल)को तयारी तीव्र गतिमा भइरहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । यो नेपाली क्रिकेमा नौलो संरचना र नेपालकै सबभन्दा ठूलो धनराशीको पुरस्कार हो ।

यस अघिको देशकै सर्वाधिक ठूलो धनराशीको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्वारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’लाई मर्जरको गरेर ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ नामाकरण गरि आयोजना गरिने भएको छ । एसपीए कपको सुरुवात सन् २०१० (४ लाख बजेट, प्रथम पुरस्कार २५ हजार) मा गरिएको आयोजकले जनाएको छ । सन् २०११ मा (१३ लाख कुल बजेट, प्रथम पुरस्कार १ लाख), सन् २०१३ मा (२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख) र सन् २०१५ को चौथो संस्करणमा (६० लाख बजेट, विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख पुरस्कार) प्रदान गरिएको थियो ।

यो नेपाली क्रिकेमा नौलो संरचना र नेपालकै सबभन्दा ठूलो धनराशीको पुरस्कार हो ।

त्यस्तै, विभिन्न ५ वटा स्थानहरुको नामबाट टीम बनाएर गतबर्ष आयोजना गरिएको अक्सनमा आधारित सगरमाथा सिमेन्ट डिसीएल ३ मा विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार दिइएको थियो । सगरमाथा सिमेन्ट डिपीएलमा गत पुस २३ गते राष्ट्रियस्तरमा पहिलो पटक अक्सन गरिएको थियो ।

प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराएका २ सय १७ खेलाडीको अक्सन गरिएको आयोजकले जनाएको छ । उनीहरुलाई चार समूहमा विभाजन गरेर अक्सनमा लगिएको आउयोजकले बतायो । उक्त लिगको लागि देशभरीका विभिन्न ६ सहरबाट टीम छनोट गरिएको छ । कप्तानको टुंगो लक्की ड्र बाट गरिएको शाहीले बताए ।

टीमका कप्तानले समान १ लाख ५० हजार रुपैया पारिश्रमिक पाउने शाहीले बताए । सिवाईसी अत्तरियाको कप्तान ज्ञानेन्द्र मल्ल छन् । त्यस्तै, विराटनगर किङ्सको कप्तानमा शरद भेषवाकर, काठमाडौं गोल्डेन्सको कप्तानमा वसन्त रेग्मी, रुपन्देही च्यालेन्जर्सको कप्तान, शक्ति गौचन, कञ्चनपुर आइकोनिकको कप्तान विनोद भण्डारी, टीम चौराहा धनगढीको कप्तान पारस खड्का छन् ।

प्रतियोगिताको विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख रुपैयाँ तथा ट्रफी प्रदान गरिनेछ । प्रत्येक खेलका वेल्स क्याफे म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजर्ले टिभीएस आरटिआर २०० अपाचे मोटरसाईकल पाउनेछन् । प्रतियोगिताको पुरस्कार राशीमा २८ लाख ५० हजार रुपैया खर्च हुने शाहीले बताए । शाहीले प्रतियोगिताको अनुमानित लागत करिब १ करोड ६० लाख रुपैयाँ रहने बताए ।

प्रतियोगिताको पुरस्कार राशीमा २८ लाख ५० हजार रुपैया खर्च हुने शाहीले बताए । शाहीले प्रतियोगिताको अनुमानित लागत करिब १ करोड ६० लाख रुपैयाँ रहने बताए ।

प्रतियोगिता टि–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टीमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर ५० रुपैयाँ रहनेछ र त्यसमा विद्यार्थीहरुलाई ४० प्रतिशत छुटको व्यवस्था गरिनेछ । टिकटबाट प्राप्त हुने रकमको २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका दिवांगत पुर्वप्रशिक्षक अर्जुन खड्काका छोराछोरीको अध्ययनका लागि कोष खडा गर्न छुट्याइने शाहीले बताए । उनले १५ प्रतिशत रकम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगाशाला निर्माण अभियान (ड्रिम फाप्ला) का लागि छुट्याइनेछ भने १५ प्रतिशत रकम सहभागी टीमहरुलाई दिइने बताए ।

प्रतियोगिताका खेलहरु धनगढीस्थित अञ्चल प्रहरी कार्यालयको मैदानमा सञ्चालन गरिने छ । वैकल्पिक रुपमा फाप्ला क्रिकेट मैदानलाई तयार गरिने आयोजकले बताएको छ । नेपाली राष्ट्रिय टीम र धनगढी ११ वीच धनगढीमा भ्हजष्दष्तष्यल ःबतअज को आयोजना गरी प्रतियोगिताको उद्घाटन ५ चैतमा गरिनेछ ।

उक्त खेलका लागि टिकटदर १०० रहनेछ भने त्यसबाट संकलित रकबाट खर्च कटाएर फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान (ड्रिम फाप्ला) लाई हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस