संक्रमणकालिन न्यायमा अन्तर्राष्ट्रिय कानूनको अवलम्बन गर्न सरकार तयारः प्रधानमन्त्री « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संक्रमणकालिन न्यायमा अन्तर्राष्ट्रिय कानूनको अवलम्बन गर्न सरकार तयारः प्रधानमन्त्री


५ फाल्गुन २०७३, बिहिबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि भ्यालेरी जुलियानले भेट गरेकी छन् । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायका विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक र सफलताउन्मूख रहेको भन्दै संक्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय कानून र मान्यताहरुको अवलम्बन गर्न सरकार तयार रहेको बताएका छन् । प्रधानमन्त्रीले शान्ति सम्झौतादेखि शान्ति प्रक्रियाको पूर्णतामा संयुक्त राष्ट्र संघले खेलेको भूमिकाका लागि धन्यवाद दिए । साथै भेटमा प्रधानमन्त्रीले नेपालको पूनर्निर्माण प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर सहयोगका लागि आग्रह गरे ।
भेटमा जुलियानले नेपालको पूनर्निर्माण प्रक्रियाले तिब्रता पाएको बताउँदै नेपालको पूनर्निर्माण र आर्थिक सहयोगका लागि संयुक्त राष्ट्र संघ तयार रहेको जानकारी दिइन् । जुलियानले नेपालको विकासमा सहयोग गर्ने दातृ संस्थाहरुको मिनी–कन्फरेन्सका लागिसमेत प्रस्ताव गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस