भारतीय नेताहरुलाई नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नलिन नारायणकाजीको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय नेताहरुलाई नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नलिन नारायणकाजीको आग्रह


३ फाल्गुन २०७३, मंगलबार


काठमाडौँ । भारत भ्रमणमा रहो नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नलिन भारतीय नेताहरुलाई आग्रह गरेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा भारतीय राष्ट्रिय काँग्रेसका नेता करण सिंह, मणि शङ्कर र आनन्द शर्मासँगको भेटमा नेपालको आन्तरिक विषय नेपालका राजनीतिक दलको सहमति र सहकार्यमा नै अगाडि बढ्नु भएकाले अनावश्यक चासो नराख्न नेता श्रेष्ठले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्र, विदेश विभाग प्रमुख एवम् पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले अखिल भारत नेपाली एकता मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन प्रक्रियालाई अन्तिम रुप दिन सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको जानकारी दिए ।

निर्वाचन घोषणाका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक भएलगत्तै नेता श्रेष्ठ चारदिने भारत भ्रमणमा गएका हुन् । मङ्गलबार नेता श्रेष्ठले सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस