Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

व्यवस्थित सहरीकरणका लागि पूर्वाधार विकासमा जोडः उपप्रधानमन्त्री महरा


३ फाल्गुन २०७३, मंगलबार


काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थित सहरीकरणका लागि पूर्वाधार विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नगरविकास कोषको २९ औँ वार्षिकात्सवको समारोहलाई सोमवार सम्बोधन गर्दै उनले भने “व्यवस्थित सहरीकरणका लागि पूर्वाधारको विकास एवम् एकीकृत कार्ययोजना नै प्रमुख आधार छन् ।”

उपप्रधानमन्त्री महराले भने, “विकासक्रमसँगै तीव्ररुपमा सहरीकरण बढेको छ, सहरी विकास रणनीति पारित भई विकासको मापदण्ड पनि निर्धारण भएको छ, अब सहर विकासको नमुना तयार हुन्छ ।”

तीव्ररुपमा सहरीकरण भए पनि कमजोर पूर्वाधारका कारण सहरी जनजीवन व्यवस्थित बन्न नसकेको उल्लेख गर्दै उनले बढ्दो नगर विकासलाई ध्यानमा राखेर कोषले वस्तुनिष्ठ योजना बनाउनुपर्नेमा जोड दिए ।

मुख्य सचिव डा. सोमलाल सुवेदीले पूर्वाधार क्षेत्रको विकासका लागि कोषले प्रमुख भूमिका खेल्नुपर्नेमा जोड दिदैं जनप्रतिनिधि नभएको अवस्थामा जनतालाई सहज र सरल रुपमा सेवा दिन कर्मचारी प्रशासन जिम्मेवार बन्नुपर्ने बताए ।

कोषको प्राविधिक क्षमता बढाई पुँजी विस्तार गरेर प्रतिस्पर्धी सेवा गर्नुपर्नेमा उनले जोड दिए ।

सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले सहरी विकासका लागि संस्थागत व्यवस्थापन गर्ने चुनौती देखिउको बताउँदै कोषलाई पूर्वाधार विकास बैंक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

स्थापनाको २८ वर्षे कार्यकालमा कोषको सञ्चित पुँजी तीन अर्ब रहेको छ । कोषले विभिन्न एक हजार २०० परियोजनामा लगानी गरेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा उत्कृष्ट काम गरेवापत व्यास नगरपालिका र भिमदत्तनगरपालिकालाई उपप्रधानमन्त्री महराले सम्मानसमेत गरे । रासस

प्रतिक्रिया दिनुहोस