बङ्गलादेशमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु « प्रशासन
prasaLogo
१ फाल्गुन २०७३, आईतवार

बङ्गलादेशमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु


प्रकाशित मिति : 12 February, 2017 12:51 pm

ढाका(एजेन्सी) । बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुई वटा यात्रुबहाक बस आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी प्रमुख अमेना बेगमले जानकारी दिएका छन् । दुई बालबालिका र चार महिलासहित एघार यात्रुको घटनास्थलमै मृत्यु भएको बेगमले जानकारी दिए।

स्थानीय समयानुसार विहान ९ बजे दुर्घटना भएका दुवै बसका घाइते यात्रुहरुको अवस्थापनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । एक मिनिबसले अर्को बसलाई उछिन्न खोज्दा दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस