सोलुखुम्बु । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले २०७४ सालको मङ्सिरभित्रमा तीनैवटा तहको निर्वाचन गराउनुपर्ने पक्षमा रहेको बताएका छन् । ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा सोलुखुम्बुले आइतवार सल्लेरीमा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले वर्तमान सरकार चुनाव गराउने पक्षमा नदेखिएकाले सरकारको औचित्य समाप्त हुँदै गएको दावी गरे । उनले व्यवस्थापिका ससंद्मा दर्ता भएको संविद्यान संशोधन विधेयक औचित्यहिन भएकाले त्यसलाई थाती राखेर चुनावको तैयारीमा सरकार जुट्नु पर्नेमा जोड दिए । उनले कुनै पनि दलसँग स्पष्ट बहुमत नभएका कारण मिलेर जानुको विकल्प नरहेको बताए । रासस