‘सातवटै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘सातवटै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य’


१ फाल्गुन २०७३, आइतबार


चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाले सरकारले सातवटै प्रदेशमा आकर्षक पर्यटकीयस्थल बनाउने योजना अघि बढाएको बताएका छन् ।

चितवनको सौराहामा ११औँ सौराहा खाना महोत्सवको उद्घाटन गर्दै मन्त्री बानियाले सौराहालाई ३ नं प्रदेशको पर्यटकीय गन्तव्य बनाइने बताए। हरेक प्रदेशमा एक–एक ठाउँलाई छनोट गरेर पर्यटकीयस्थल बनाई पूर्वाधारको विकास गर्ने सरकारले योजना ल्याउन लागेको उनले जानकारी दिए ।

लुम्बिनी र बेदको उद्गमस्थल नेपाल रहेकाले बेद र बुद्धलाई जोडेर सांस्कृतिक पर्यटनलाई विकास गर्र्नुपर्नेमा उनले जोड दिए । चितवनलाई जैविक विविधता र संरक्षणसँग जोडेर पर्यटन विकास गर्नुपर्ने उनको धारणा थियो । पर्यटन विकास र समृद्धिका लागि पहिला राजनीतिक स्थिरता हुनुपर्ने राज्यमन्त्री बानियाले बताए । फागुन ५ गतेसम्म चल्ने सो खाना महोत्सवमा ६० भन्दा बढी कक्ष छन् । रासस

प्रतिक्रिया दिनुहोस