Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न


१ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । भारतबाट विद्युत् आयात गर्ने महत्वपूर्ण प्रसारण लाइनका रुपमा लिइएको कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सो प्रसारण लाइनको सिङ्गल फेजलाई डलब फेजमा रुपान्तरण गर्नेदेखि क्षमता अभिवृद्धि गर्ने कामसमेत सम्पन्न भएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएको र थप विद्युत् आयातमा मार्ग प्रशस्त भएको जानकारी दिए । भारत सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको सो आयोजना पूर्वक्षेत्रमा विद्युत् आयात तथा निर्यातका लागि महत्वपूर्ण मानिएको छ ।

थप विद्युत् आयात भएपछि प्राधिकरणले झापा, मोरङ र सुनसरीमा विद्युत्भार कटौती अन्त्य गर्ने तयारीसमेत गरेको छ ।

नेपाल र भारतबीच भएको सहमतिअनुसार सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गरिनेछ । थप विद्युत् आयात भएपछि प्राधिकरणले झापा, मोरङ र सुनसरीमा विद्युत्भार कटौती अन्त्य गर्ने तयारीसमेत गरेको छ ।

यस्तै दुहबीमा रहेको मल्टी फ्यूल प्लान्टको ३३ केभी क्षमताको प्रसारण लाइनलाई पनि थप मर्मत गरेर विराटनगरको औद्योगिक करिडोरमा थप विद्युत् उपलब्ध गराउने तयारी गरिएको छ ।

यस्तै रक्सौल परवानीपुर प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ । थप विद्युत् आयात भएपछि वीरगन्ज औद्योगिक कोरिडोरलगायतका क्षेत्रमा पनि विद्युत्भार कटौती अन्त्य गरिनेछ ।

थप विद्युत् आयातका सम्बन्धमा यसअघि भएको सहमतिलाई केही दिनभित्रै बस्ने नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले थप अनुमोदन गर्ने प्राधिकरणले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस